काठमाण्डाै – भारतको कर्नाटक राज्यको एक अस्पतालमा अक्सिजनको अभाव हुँदा १२ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । चामाराजानगर इन्टिच्युट अफ मेडिकल साइन्समा अक्सिजन अभाव हुँदा १२ जनाको ज्यान गएको समाचार संस्था एएनआईले जनाएको छ ।
अस्पतालमा अरू ११ जनाको पनि आइतवार (हिजाे) राति ज्यान गएको र यसको कारण अक्सिजनको कमी थियो या अरू नै हो भन्ने विषयमा अनुसन्धान भइरहेको खबरमा उल्लेख छ ।
इन्टिच्युटका महाप्रबन्धक सञ्जीवका अनुसार आइतवार राति १२ बजेदेखि २ बजेको बीचमा अक्सिजन सकिएको थियो । आफूहरूले बिरामील...