मौन अवधिदेखि मादक पदार्थ बिक्रीवितरणमा रोक लगाउन आयोगको निर्देशन

निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन कार्यमा संलग्न विभिन्न निकायलाई ७ बुँदे निर्देशन जारी गरि

सम्बन्धित सामग्री

आचारसंहिताविपरीत बारामा खुलेआम मादक पदार्थ बिक्री

बारा- स्थानीय तहको निर्वाचनको मंगलबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । मौन अवधिमा राजनीतिक गतिविधिसहित मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ । तर, बारामा बुधबार राति खुलमखुला मदिरा बिक्री गरिएको भेटियो ।  शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले मादक पदार्थ ओसारपसार, बिक्री वितरण तथा सेवनमा […]