नेकपा एमालेका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको बजेटको सदनमा प्रशंसा गरेका छन् ।
उनले राष्ट्रिय सभा नियमावली संशोधन गरेर भएपनि राष्ट्रिय सभामा बजेट पेश गर्ने व्यवस्था गर्न माग गरेका हुन् ।
मंगलवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा गौतमले आम निर्वाचनपछि पहिलोपटक राम्रो बजेट आएको बताए ।
‘बजेटको सम्बन्धमा केही भन्नैपर्ने भएको छ । कमरेड विष्णु पौडेलले बजेट पेश गर्दा म धेरै खुशी भएँ । मैले गएका तीनवटा बजेट देखेको छु, जुन कहिल्यै घोषणा पत्रबमोजिम आ...