खोप सकिएपछि काठमाडौँ महानगरपालिकाले बिहीबार खोप अभियान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । महानगरको शहरी स्वास्थ्य विभागले एक विज्ञप्ति जारी गर्दै जिल्ला छुट्याइएको संख्या पुरा भइसकेको सूचना प्राप्त भएकाले खोप अभियान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएको छ ।गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने भनिएको थियो । काठमाडौँ महानगरले ३२ वटै वडामा खोप कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो । शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स