स्थानीय तहमा अहिले लगभग ४१ प्रतिशत महिला जनप्रतिनिधि छन् । राज्यले निर्वाचन प्रणालीमै लिएको आरक्षण नीतिका कारण प्रायः पुरुषको कब्जामा रहने राजनीतिक वृत्तमा महिला सहभागिता उल्लेख्य बढ्न सकेको हो । यसबाट स्थानीय नीति निर्माणमा महिला सहभागिता र अपनत्व सुनिश्चित मात्र भएको छैन, स्वयं महिलाका सवालहरू पनि पहिलेभन्दा बढी चर्चामा आउन थालेका छन् ।