काठमाडौं : कतारको पहिलो विधायिका निर्वाचनमा कोही पनि महिला उमेदवार निर्वाचित नहुँदा महिला मतदाताहरू निराश बनेका छन्। यो सँगै अमीरले महिला प्रतिनिधित्व सुनिश्चित गर्न १५ सांसद् नियुक्त गर्दा महिलालाई समावेश गर्छन् कि गर्दैनन् भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।कतारको शुरा काउन्सिलमा ३० जना पुरुषहरू निर्वाचित भएका छन् जसमा दुई दर्जन भन्दा बढी महिलाहरू निर्वाचनको दौडमा थिए जसलाई पूर्ण संसद् भन्दा पनि लोकतन्त्रको महत्त्वपूर्ण पक्षको रूपमा हेरिएको छ। निर्वाचनमा पराजित उ