कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इमानको राजनीति स्थापित गराउन आफूले पदबाट राजीनामा दिएको बताएका छन् । गत वैशाखमा सरकारको नेतृत्व आलोपालो गर्नेगरी शाहीले काँग्रेससँग सहमति गरेका थिए ।
सोही अनुसार आफूले पदबाट राजीनामा दिने निर्णय लिएका बताएका शाहीले सोमबार प्रदेशबासीको नाममा सम्बोधन गर्दै भने, ‘इमानको राजनीति स्थापित गराउन आजैका मितिबाट लागु हुने गरी सत्ता गठबन्धनमा रहेको दल नेपाली काँग्रेसलाई सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न चाहन्छु ।’
शाहीले सत्ता गठबन्धन दलहरुबीच समन्वय¸ सह...