प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपाभित्रका शीर्ष नेताहरूले पार्टी विभाजनका लागि कसरत सुरु गरेका छन्। प्रधानमन्त्री ओलीसहित सचिवालय सदस्यहरू उपप्रधानमन्त्री ईश्वर पोखरेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पार्टी विभाजनका लागि आवश्यक परामर्शमा जुटेका छन्।