काठमाडौंको दक्षिणढोका थली हुँदै साँखु जाने आउने सवारी साधन आज पनि प्रभावित भएका छन् । सडक मर्मतको माग राख्दै थली मिलनचोकमा स्थानीयले सडक अवरुद्ध गर्दा मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।थली हुँदै चल्ने सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ । स्थानीयले बिहीबार पनि दक्षिणढोका थली हुँदै साँखु जाने सडक अवरुद्ध गरेका थिए । उता, ललितपुरको हरिसिद्धिमा पनि स्थानीयवासीले सडक अवरोध गरेका कारण सवारी आवागमन प्रभाव