गत आर्थिक वर्ष २०७७/७८ भित्र सरकारले लक्ष्यको ८२ दशमलव ८१ प्रतिशत राजस्व संकलन गरेको छ । १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन लक्ष्य राखेको सरकारले ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख रुपैयाँ संकलन गर्न सकेको हो । महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेश गरेको आर्थिक वर्ष २०७७/७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार गत वर्ष सरकारले कुल विनियोजन रकम १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाखको ८१ दशमलव १५ प्रतिशत रकम अर्थात् ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख