झापामा एक पुरुष रूखमा झुन्डिएको अवस्थामा मृत भेटिए

झापा – तीन जना किशोरी रूखमा झुन्डिएको अवस्थामा मृत फेला परेको घटना सेलाउन नपाउँदै झापामा अर्का एक जना पुरुष जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। झापाको चारआली जंगलमा झुन्डिएको अवस्थामा ती पुरुष मृत फेला परेका हुन्। ताप्लेजुङको पाथीभरा याङवरक-३ तिरिङ्गे स्थायी घर भएका मनकुमार पौडेल झुन्डिएको अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको […]

सम्बन्धित सामग्री

नयाँ बानेश्वरमा एक पुरुष मृत भेटिए

काठमाडौंः काठमाडौंको नयाँ बानेश्वरमा एक पुरुष मृत भेटिएका छन्। काठमाण्डौ महानगरपालिका-३१ बानेश्वर क्याम्पस अगाडि सडकमा रामेछाप दोरम्बा गाउँपालिका-९ घर भई हाल सोही क्याम्पस नजिक तरकारी बजार छेउ छाप्रोमा बस्ने ६१ वर्षीय धन बहादुर  शनिबार मृत अवस्थामा फेला परेका हुन्।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

मोरङमा दुई पुरुष मृत भेटिए

३ फागुन,  विराटनगर । मोरङमा दुई जना पुरुष मृत भेटिएका छन् ।  छुट्टा छुट्टै स्थानमा दुई जना मृत भेटिएका हुन् । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । बेलबारी नगरपालिका–३ स्थित पशु हटिया लाग्ने ठाउँमा अन्दाजी ७० वर्षीय वृद्ध पुरुष बुधबार दिउँसो ३ बजेतिर मृत भेटिएका हुन् । उनको पहिचान नखुलेको मोरङ प्रहरीका […]

ललितपुरमा एक पुरुष मृत भेटिए

काठमाडौंः ललिपुरमा एक पुरुष मृत भेटिएका छन्। ललितपुर  गोदावरी नगरपालिका-९ स्थित छम्पी इँटाभट्टा नजिक बस्ने ६२ वर्षीय किसन बिष्ट सोही ठाउँस्थित बारीमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। शवको पोष्टमार्टम लगायत अन्य अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंको क्षेत्रपाटीमा एक पुरुष मृत भेटिए

काठमाडौंः काठमाडौंको क्षेत्रपाटीमा एक पुरुष मृत फेला परेका छन्। महानगरपालिका-२५ क्षेत्रपाटी न्हयोखामा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ। अन्दाजी ३० वर्षीयका पुरुष मृत भेटिए पनि सनाखत हुन सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

होटलको कोठामा पुरुष र महिला मृत भेटिए

काठमाडौं, साउन ३१ । बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् । फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठा नम्बर १३४ मा दुई जना मृत फेला परेका हुन्। प्रहरीका अनुसार धादिङको कुम्पुर घर भएका अन्दाजी ३५ वर्षका सीताराम भुजेल र दाङकी अन्दाजी ३३ वर्षकी पुष्पा नाम गरेकी महिला मृत फेला परेका हुन् । पुरुषको […]

पाल्पामा एक पुरुष मृत भेटिए

पाल्पाको रामपुर नगरपालिका–५, मटेरीमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीकाअनुसार मृत फेला पर्नेमा ५५ वर्षीय मनबहादुर विक रहेका छन् । घरदेखि २ सय ५० मिटर टाढा ठूलो आँप भन्ने स्थानमा भित्री कच्ची सडक छेउमा शुक्रबार दिउँसो विक मृत भेटिएका हुन् ।बिहान खाना खाएर घरबाट हिँडेका उनलाई स्थानीयले सडक छेउमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मिर्गौलाको समस्याबाट गुज्रिँदै आएका उनको तीनपटक शल्यक्रिया गरेको परिवारले जनाएको छ । उनको मृत्युबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

ललितपुरमा एक पुरुष मृत भेटिए

काठमाडौं : ललितपुरमा एक पुरुष मृत भेटिएका छन्। ललितपुर महानगरपालिका-२१ स्थित सुनिल महर्जनको गोठमा बस्दै आएका सर्लाही बरथहवा घर भएका ५८ वर्षीय गणेश कुमार कायस्थ मृत भेटिएका हुन्। गोठको भर्यावङमुनि बुधवार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

बुढानिलकण्ठमा एक पुरुष मृत भेटिए

काठमाडौं : काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक पुरुष मृत भेटिएका छन्। बुढानिलकण्ठ नगरपालिका-३ बुढानिलकण्ठ मन्दिर नजिकै सडक पेटीमा सोही मन्दिर परिसरमा विगत केही महिना अगाडिदेखि बस्दै आएका पुरुष मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। ३७ वर्षीय सम्राट नगरकोटी मृत अवस्थामा फेला परेका हुन्। शवलाई पोष्टमार्टमको लागि अस्पताल लगिएको छ। घटनाको थप अनुसन्धान…

बाजुरामा दुई पुरुष मृत भेटिए

बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल छन् । चदारा बूढीनन्दा नगरपालिका–५ विरसैनमा तथा  कटुवाल बूढीगङ्गा नगरपालिका–८ रिठाबजार नजिकै बूढीगङ्गा नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कटुवाल यही कात्तिक २२ गतेदेखि बेपत्ता थिए । यस्तै चदारा रोजगारीको सिलसिलामा सदरमुकाम मार्तडी आउँदै थिए ।  कटुवालको शव परीक्षणप

मोरङको रंगेलीमा पुरुष मृत भेटिए

विराटनगर / घरबाट काम गर्नका लागि भनेर निस्किएका मोरङको रंगेली नगरपालिका–३ का एक पुरुष साेमबार बिहान मृत फेला परेका छन् । घरबाट दुई दिनअघि काममा जान्छु भनेर हिँडेका ५१ वर्षीय हिमप्रसाद धिताल घरबाट लगभग एक किलोमिटर पर रहेको गडिया खोलामा मृत भेटिएका हुन् । प्रहरीका अनुसार जीविकोपार्जनका लागि ज्याला मजदुरी गर्नुपर्ने बाध्यतामा रहेका उनी शनिबार... The post मोरङको रंगेलीमा पुरुष मृत भेटिए appeared first on Purbeli News.