स्थानीय चुनावबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक शनिवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्दैछ ।
बैठकमा स्थानीय चुनावको मिति घोषणाबारे निर्णय हुने स्रोतले जनाएको छ ।
देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू बैठकमा सहभागी हुनेछन् ।
निर्वाचन आयोगले आगामी वैशाखमै स्थानीय चुनाव गर्ने गरी मिति घोषणा गर्न सरकारलाई ताकेता गरिरहेको छ ।