काठमाडाैं : ललितपुर महानगरपालिका र बिध ल्याबबीच कोभिड संक्रमितको उपचारमा अक्सिजन व्यवस्थान गर्ने सम्बन्धमा समझदारी भएको छ। महानगर र ल्याबबीच १० लिटरको २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरी दुवै पक्षको समन्वयमा व्यवस्थापन गरी कोभिड संक्रमितलाई सेवा उपलब्ध गराउन ५ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झाैताको पहिलो बुँदामा १० लिटरका २ सय थान अक्सिजन सिलिण्डर ल्याबले महानगरलाई उपलब्ध गराइने उल्लेख छ।