नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशअन्तर्गत ९१ पत्रकार सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले ३३ प्रतिष्ठान शाखासहित ४८ विभिन्न सञ्चार गृहका अध्यक्ष र पत्रकारसँग गरिएको टेलिफोन वार्तामा १९ प्रतिष्ठान शाखासहित २५ सञ्चार गृहका ९१ पत्रकारमा कोरोना सङ्क्रमण देखिएको हो । प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले प्रतिष्ठान प्रदेशबाट निर्वाचित एक केन्द्रीय सदस्य, प्रदेश समितिका …