सुत्केरी र ७५ वर्षमाथिका विपन्न व्यक्तिलाई एम्बुलेन्स सेवा निःशुल्क

तनहुँको घिरिङ गाउँपालिकाले सुत्केरी र ७५ वर्षमाथिका विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँपालिकाले खरिद गरी ल्याएको एम्बुलेन्स सेवा विपन्न सुत्केरी, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न नागरिक र दुर्घटनामा परेका घाइतेलाई निःशुल्क प्रदान गरिने भएको हो ।  गाउँपालिकाले एम्बुलेन्स खरिद गरी सुन्धारा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ । गाउँपालिकाको गाउँ सभाबाट पारित नीति तथा कार्यक्रमअनुसार एम्बुलेन्स खरिद गरिएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । गाउँपालिकामा एम्बुलेन्स सेवा नहुँदा न...

सम्बन्धित सामग्री

गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

दैलेख : दैलेखको नारायण नगरपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। बिहीवार बसेको कार्यपालिका बैठकले गर्भवती तथा सुत्केरीहरूका लागि निःशुल्क एम्बुलेन्सले सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको हो।नगरपालिकाभित्रका गर्भवतीलाई छिटो सेवा दिने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले बताए। उनले स्थानीय तहको निर्वाचनका वेला नागरिकसँग गरिएको ‘वाचा’अनुसार नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको बत

तिनाउ गाउँपालिकामा निशुल्क एम्बुलेन्स सेवा

पाल्पाको तिनाउ गाउँ कार्यपालिकाको बैठकले निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको छ ।  बुटवल, भैरहवा, तानसेन र पाल्पासम्म उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय भएको अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।उनले गर्भवती महिलाहरुलाई पनि तानसेन, पाल्पा, बुटवल र भैरहवासम्म एम्बुलेन्स सेवा निःशुल्क दिने कार्यपालिका बैठकले निर्णय गरेको बताए।  त्यसका  लागि आवश्यक कार्यविधि बनाइ नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू गर्ने निर्णय गरिएको उनले बताए ।

निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ,१८ जेठ । दोलखाको गौरीशङ्कर गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र गर्भवतीको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका क वर्गका अपाङ्ग र गर्भवती महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्याण गरेको हो । भौगलिक विकटतासँगै पालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा सामान्यबाहेक अन्य उपचारको लागि चरीकोट तथा काठमाडाँै […]

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ,१० जेठ । बेलौरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख पोतिलाल चौधरीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेका छन् । पदभार ग्रहण गर्दै चौधरीले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने सुत्केरीलाई आकस्मिक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क रुपमा प्रदान गर्ने पहिलो निर्णय गरेको हो । सुत्केरीको घरदेखि नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पताल तथा महाकाली प्रादेशिक अस्पतालसम्म पु¥याउनका […]

जानकी गाउँपालिकाद्वारा एम्बुलेन्स सेवा सुरु

बाँकेको जानकी गाउँपालिकाले जनतालाई सहज स्वास्थ्य सेवाको लागि एम्बुलेन्स सेवा सुरु गरेको छ। नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिइन्।

सिंजाका तीनै गाउँपालिकामा आफ्नै एम्बुलेन्स सेवा

जुम्ला-सिंजा क्षेत्रका तीनै स्थानीयतहले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । गाउँगाउँमा सडक सञ्जालको पहुँच पुगेसँगै स्थानीयतले एम्बुलेन्स सेवा शुरु गरेका हुन् । जसमा, सिंजाको कनकासुन्दरी गाउँपालिकाले आइतबारदेखि आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । भने, सिंजा क्षेत्रका हिमा र सिंजा गाउँपालिकाले यसअघिनै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइसकेका थिए ।सिंजा क्षेत्र हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा […]

निःशुल्क एम्बुलेन्स सेवा

'आव २०७८/०७९ वडागत कार्यक्रम अनुसार निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ', उनले भने, 'अब बिरामीले उपचारका लागि जिल्ला सदरमुकाममा पुग्न परे पनि एम्बुलेन्स भाडा तिर्नु पदैन।'

स्काउटले उपत्यकामा सञ्चालनमा ल्यायो निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं। नेपाल स्काउटले आफ्नो राष्ट्रिय प्रधान कार्यलय काठमाडौंमा एक कार्यक्रम गर्दै उपत्यकामा निःशुल्क नन् कोभिड एम्बुलेन्स सेवा सञ्चालन सुरु गरेको छ।एम्बुलेन्सले १२ गतेदेखि उपत्यकामा निःशूल्क एम्बुलेन्स सेवा सुरु गरेको हो। कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादर भण्डारीले गाडीको चाबी स्काउटर अजित लामा र विकेन्द्र महजर्नलाई हस्तान्तरण गरेका हुन्।एम्बुलेन्स सेवा बिहान १० देखि बेलुका ५ बजेसम्म उपलब्ध हुनेछ।

नेपाल चेम्बर अफ कमर्सको एम्बुलेन्स सेवा

नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ (कोरोना) बाट सिर्जित स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजे देखि साँझ सात बजे सम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ । कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । हाललाई काठमाण्डौं उपत्यका भित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने छन् । एम्बुलेन्स...

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

दमौली, २४ वैशाख: तनहुँको म्याग्दे गाउँपालिकाले सुत्केरी र कोभिड सङ्क्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । कोभिड जोखिमका कारण सुत्केरीलाई समस्यालाई पर्ने भएकाले गाउँपालिकाले सुत्केरीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको हो । साथै कोभिड सङ्क्रमितलाई पनि एम्बुलेन्स सेवा निःशुल्क हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाले […]