सिरियामा रहेकाे संयुक्त राष्ट्र सङ्घीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को कार्यालयका प्रमुखलाई लाखौँ डलर दुरुपयोग गरेको आरोप लागेको छ । कार्यालयका कर्मचारीले कोभिड–१९ को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा. अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत उपहार दिएर डब्ल्यूएचओ कोषको दुरुपयोग गरेको आरोप लगाएका हुन् ।
एसोसिएटेड प्रेस (एपी) ले प्राप्त गरेको १०० भन्दा बढी गोप्य कागजात, सन्देश र अन्य सामग्रीमा डब्ल्यूएचओका सिरिया प्रमुखले सिरियाली सरकारका उ...