रोजगारीको लागि भारत जानेक्रम बढ्यो

महेन्द्रनगर। गएको जेठ महिनामा मात्रै कन्चनपुरको गौरीफन्टा नाकाबाट १२ हजार सात सयभन्दा बढी नेपाली रोजगारीका लागि भारत गएका छन्। कोरोना त्रासदीकाबीच भारतमा मजदुरी गर्न जाने क्रम हरेकदिन बढिरहेको डोके प्रहरीचौकी कन्चनपुरका प्रहरी नायव निरीक्षक खड्कजंग शाहीले बताए। शुक्रबार मात्रै गौरीफन्टा नाकाबाट ७ सय र गड्डाचौकी नाकाबाट ३४६ जना भारत गएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित सामग्री

स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग

भेरीगङ्गा (सुर्खेत), ८ पुस । सुर्खेत वीरेन्द्रनगर–३ का मानकुमारी विकका ३० वसन्त बितेका छन् । उनी बेलाबेलामा वैदेशिक रोजगारीका निम्ति भारत जान्छिन् । उनी पाककलामा पारङ्गत छिन् तर भारतमा निर्माण मजदुरका रूपमा श्रम बेच्छिन् । उनको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश विदेशिनु परेको छ । छोराछोरीको शिक्षा, दीक्षा र लालनपालनका लागि भारत जानुको विकल्प आफूसँग […]

बैतडीमा टाउकोतिर खुट्टा पल्टिएको शिशुको जन्म

अनौठो बच्चा जन्मिएपछि स्थानीय समेत अचम्ममा परेका छन्। लुहारको आर्थिक अवस्था कमजोर छ। उनका श्रीमान् भोला लुहार रोजगारीको सिलसिलामा भारत छन्।

चुनावपछि रोजगारी खोज्दै भारत जाने बढे

काठमाडौ – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अन्तिम चरणमा छ । मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेलामा यहाँका युवाहरु भने रोजगारीको खोजीमा भारत जान थालेका छन् । चुनावको रौनक सकिएसँगै सिङ्जा क्षेत्रका गाउँमा पुरुषको सङ्ख्या घट्न थालेको सिङ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको भनाइ छ । “स्थानीय स्तरमा रोजगारीको अवसर छैन”, उनले […]

रोजगारीका लागि भारत जाँदै गरेका नेपाली

स्वदेशमा रोजगारीको प्रत्याभूति नहुँदा सुदूरपश्चिमका अधिकांश युवाहरु हातमुख जोर्नकै लागि भारतमा श्रमगर्न जान बाध्य छन् । कैलालीको गौरीफन्टा सीमा नाका भएर रोजगारीका लागि भारत जाँदै गरेका नेपालीहरु । तस्बिर- मीन ठकुरी÷रासस

स्वदेशमा रोजगारीको अभाव : दशैँको मुखमा पनि भारत पलायन हुने क्रम रोकएन

महेन्द्रनगर- दशैँ–तिहार जस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ । तर कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट दशैँको पहिलो दिन आज पनि मजदूरीका लागि भारत जाने धेरै भेटियो । कोरोना भाइरस सङ्क्रमणका कारण स्वदेश फर्किएकाहरु चाडपर्वको मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका हुन् । कोरोनाको दोस्रो लहर […]

भारत हिँडेका यात्रुको बाटोमै मृत्यु, हत्या गरिएको भन्दै आफन्तको प्रदर्शन

धनगढी : कैलालीबाट रोजगारीको सिलसिलमा भारत गएका एकजनाको मृत्यु भएको छ। साउन १५ गते धनगढीबाट पशुपति टुर एण्ड ट्राभल्समार्फत भारतको बैंग्लोर गएका कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीका ३३ वर्षीय पशुपति आचार्यको बाटोमै मृत्यु भएको हो।ट्राभल्सका सञ्चालक दीपक विष्टका अनुसार पशुपतिले बैंग्लोर पुग्नअघि नै गाडीबाट हाम फालेको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको दाबी गरे। ‘गाडीबाट हाम फालेपछि अस्पताल लगिएको थियो‚’ उनले भने‚ ‘त्यसपछि मृत्यु भएको हो। मृतकको शव धन

बालबालिका भारत जानेक्रम अझै रोकिएन

महेन्द्रनगर । दुई दिनअघि कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट ३११ बालबालिका भारत गए । सुदूरपश्चिमवासीको रोजगारीको प्रमुख गन्तव्य मानिएको भारतमा मजदूरीका लागि अहिले दैनिक एक हजार ५०० भन्दा बढी नेपाली त्यसतर्फ गइरहेका छन् । आर्थिक अवस्था कमजोर भएका बालबालिका अभिभावकसँग कामका खोजीमा भारत जाने गरेका छन् । कोरोना कहर जारी रहँदा पनि बालबालिका भारत जाने […]

रोजगारीको लागि भारत जानेक्रम बढ्यो

महेन्द्रनगर। गएको जेठ महिनामा मात्रै कन्चनपुरको गौरीफन्टा नाकाबाट १२ हजार सात सयभन्दा बढी नेपाली रोजगारीका लागि भारत गएका छन्। कोरोना त्रासदीकाबीच भारतमा मजदुरी गर्न जाने क्रम हरेकदिन बढिरहेको डोके प्रहरीचौकी कन्चनपुरका प्रहरी नायव निरीक्षक खड्कजंग शाहीले बताए। शुक्रबार मात्रै गौरीफन्टा नाकाबाट ७ सय र गड्डाचौकी नाकाबाट ३४६ जना भारत गएको प्रहरीले जानकारी दिएको छ।

वैदेशिक रोजगारीको नाममा ओमनमा नेपाली महिलामाथि चरम ज्यादती

काठमाडौँ । वैदेशिक रोजगारीको नाममा ओमनमा नेपाली महिलाहरूमाथि चरम ज्यादती भएको छ । ओमनको सोहरस्थित अल–असिल लेब रिक्रुटमेन्ट (म्यानपावर) नामको कम्पनी नै सञ्चालन गरेर महिलाहरूमाथि ज्यादति भएको पाइएको हो । अल–असिल म्यानपावरबाट पीडित नुवाकोट शिवपुरी गाउँपालिका बतासेटोलकी प्रगति तामाङका अनुसार उक्त म्यानपावरले नेपाल, बङ्गलादेश, भारत, श्रीलङ्का, फिलिपिन्स, इडोनेसिया, अफ्रिाकालगायत विभिन्न देशका महिलालाई घरेलु कामदारको रूपमा ओमनमा काममा लगाउने तथा तत्तत् देशमा समेत पठाउने गरेको छ । त्यसका लागि उसले विज्ञापन नै गर्ने गरेको छ । प्रगतिका अनुसार मालिकको रूपमा मुन्ना र मोनिकाले त्यस म्यानपावर सञ्चालन गरिरहेका छन् । विज्ञापनमा मुन्ना नामको नै प्रचारसमेत गरिएको छ । सो म्यानपावरले तोकेको ठाउँमा महिला कामदारहरू घरेलु काममा खटिन्छन् । तर मालिकहरूले तोकेको तलब दिँदैनन् । त्यति मात्रै होइन, फर्केर म्यानपावर कार्यालयसम्म आउँदा काम नगरेको भन्दै उल्टै मोनिकाले ती महिला कामदारमाथि हातपातसमेत गर्ने गरेकी हुन्छिन् । २०७४ माघमा नयाँदिल्ली हुँदै ओमन पुगेकी प्रगतिले पनि यस्तै उत्पीडन ब्यहोरेकी छिन् । उत्पीडन सहिनसक्नु भएपछि उनी भागेर गत २०७६ मङ्सिरमा नेपाल फर्केकी छिन् । उनी त्यति सजिलै नेपाल फर्किएकी होइनन् । तलब रोक्का, शारीरिक मानसिक उत्पीडन र उपचार अभावको समस्यामाझ सिकिस्त बिरामीको रूपमा उनी नेपाल फर्केकी हुन् । ‘मेरो पासपोर्ट मालिक र म्यानपावरको मिलेमतोमा लुकाइएको थियो’ उनी भन्छिन्– ‘टन्सिल, पिनास र अन्य छालारोगको समस्याबाट सिकिस्त अवस्था देखेर ओमनको राजदूतावासले मेरो नागरिकताको आधारमा आवश्यक कागजात बनाइदिएपछि म नेपाल फर्केकी हुँ ।’ एक लाख ५० हजार नेपाली रुपियाँ अल–असिल म्यानपावरका नेपालस्थित एजेन्टलाई बुझाएर उनी मासिक ९० रियल (तत्कालीन नेरु २५ हजार) पाउने आसाका साथ ओमन पुगेकी थिइन् । तर उनले कहिल्यै पनि ९० रियल मासिक बुझ्न पाइनन् । उनी भन्छिन्– ‘मैले ९० रियल त कहिल्यै बुझिनँ । २०÷३० रियलसम्म बुझेँ । सिकिस्त बिरामी हुँदा उपचार खर्च पनि २० रियल मात्र दिएका थिए ।’ घरेलु काम गरिरहेकी प्रगति तामाङ मालिकको ज्यादती सहन नसकेपछि भागेर म्यानपावरको अफिसमा आइपुगिन् । त्यतिबेला भने म्यानपावरको म्यानेजरले उनलाई काम गरेबापत २६० रियल दिएको उनी बताउँछिन् । उनलाई ...