बारा र रौतहटबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया घर भएका सागर शुक्ला (२४ वर्ष), राजु कुशवाहा (२५ वर्ष), करैयामाई घर भएका ३६ वर्षका विश्वेश्वर चौधरी, रौतहटको गुजरा नगरपालिका घर भएका २३ वर्षीय सुनिलकुमार राम र रंगपुर घर भएका रविन्द्र चौधरी छन् ।उनीहरुको साथबाट २५ हजार नक्कली रुपैयाँ र हजारको नोट आकारमा काटेको ९३ वटा ‘पेपरको गड्डी’ बरामद गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । विशेष ब्यूरोको टो