सूर्यविनायक नगर अस्पताल सञ्चालनमा

सूर्यविनायक नगर अस्पताल सञ्चालनमा आएको छ । सूर्यविनायक नगरपालिकाले सञ्चालन गर्ने उक्त अस्पताल २५ शैयाको छ । अस्पतालको शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेवा शुभारम्भ कार्यक्रमको उद्घाटन गरेका हुन् । भक्तपुर इँटा टायल कारखानासँग लिएको २५ रोपनी जग्गामा निर्मित नगर अस्पतालमा आईसीयू, एचडीयू, इमर्जेन्सी सेवा, ओपिडी, जनरल वार्ड, एक्सरे लगायतको सेवा रहेको नगर प्रमुख बासुदेव थापाले जानकारी दिएका छन् । अरनिको राजमार्गसँगै जगातीमा रहेको नगर अस्पताल अक्सिजन प्लान्टसहितको सञ्चालनम

सम्बन्धित सामग्री

२३ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौं । समाजसेवामा क्रियाशील २३ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर अवार्ड) दिइएको छ ।  सिजन मिडिया प्रालिले आज आयोजना गरेको कार्यक्रममा उपसभामुख इन्दिरा राना र प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरे ।  उक्त अवार्डबाट सम्मानित हुनेमा एसिड पीडितका उद्धारकर्ता उज्वलविक्रम थापा, बाल मजदुर सरोकार केन्द्र (सिविन), मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल, रक्षा नेपालका संस्थापक मेनुका थापा, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवक नारायणकुमार श्रेष्ठ, मानव बेचबिखनविरुद्धका अभियानकर्मी इन्द्रराज भट्टराई र टोपबहादुर मल्ल छन् । यस्तै, संरक्षण अभियन्ता बल्लु गुप्ता, समाजसेवीहरू प्रेमकुमार खत्री, सरु सुवेदी, रोजिना विष्ट, दिनेश उप्रेती, हिमालयन एनिमल ट्रष्टका संस्थापक खगेश्वर शर्मा भट्टराई, डोल्पाली चिकित्सक डा. अखण्ड उपाध्याय, व्यावसायिक कृषक यादव ढकाल, सूर्यविनायक नगर अस्पताल र चिकित्सक डा. मनिषा कार्कीलाई पनि उक्त सम्मान दिइएको छ ।  यस्तै विशेष समाजसेवा सम्मानबाट सम्मानित हुनेमा ललितपुरका समाजसेवी सुलोचना शाक्य, लायन्स इन्टरनेसनलका सेकेण्ड सेञ्चुरी एम्बेसडर अनन्तप्रसाद भेटुवाल, समाजसेवी तथा व्यवसायी लायन मानबहादुर रोका, राष्ट्रिय समाचार समिति (रासस)का शिक्षा पत्रकार प्रकाश सिलवाल, किवानिज क्लब नेपालका डिस्ट्रिक्ट डिभिजन–३ एलटी गभर्नर (इलेक्ट) प्रमिला लामिछाने, मकवानपुरको थाहा इन्भेस्टमेन्ट ग्रुप र काठमाडौ्रको बागमती सफाइ महाभियानका प्रतिनिधि छन् ।  सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले समाजसेवामा पुर्याएको योगदानका लागि विभिन्न व्यक्ति र संस्थालाई सम्मान दिइएको बताए ।

विकास आयोजनाको अनुगमनमा सूर्यविनायकका जनप्रतिनिधि

भक्तपुर, १४ फागुन । सूर्यविनायक नगरपालिका वडा नं. ८, ९ र १० मा भएका विकास र निर्माणका कामको जनप्रतिनिधि र संचारकर्मीले अनुगमन गरेका छन् । राष्ट्रिय सञ्चार केन्द्रको आयोजना एवं नगरपालिकाको समन्वयमा स्थानीय जनप्रतिनिधि र उपत्यकाका ३० पत्रकारले यहीँ फागुन ७ गतेदेखि सञ्चालमा आएको सूर्यविनायक नगर अस्पताल, वडा कार्यालय भवन, सडक, त्रिवेणी पुल, खानेपानी, डोलेश्वर […]

प्रजातन्त्र दिवसका अवसरमा सूर्यविनायक नगर अस्पताल सञ्चालन

प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सूर्यविनायक नगरपालिकाले जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको उक्त अस्पताल सञ्चालनमा ल्याएको हो।

सूर्यविनायक नगर अस्पताल एक महिनाभित्र सञ्चालनमा आउने

काठमाडौं । कोरोनाभाइरस संक्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालका लागि पाँचवटा भवनलगायतका आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएकाले नगरपालिका अब अस्पताल सञ्चालनको तयारीमा लागेको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए । अरनिको राजमार्गसँगै […]

यस्तो बन्यो सूर्यविनायक नगर अस्पताल, एक महिनाभित्र सञ्चालनमा आउने

कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ।

सूर्यविनायकमा ५० शय्याको अस्पताल निर्माण

कोरोनाको तेस्रो लहरका लागि तयारी गर्दै सूर्यविनायक नगरपालिकाले नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न ५० शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालन गर्ने भएको छ । अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । सूर्यविनायक–८ जगाती चोकमा भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको सरकारको ३० रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माण गरिएको हो । नगरपालिकाका प्रमुख वासुदेव थापाले निर्माण सम्पन्न भएको भवन र अस्पतालका लागि जडान भइरहेको विभिन्न प्राविधिक सामानहरुको अवस्थाका बारेमा अनुगमन गर्नुभएको छ । उहाँले अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, आइसियू तथा भेन्टिलेटर कक्ष, ओपीडी, जनरल वार्ड, अक्सिजन प्लान्टलगायत संरचनाको निर्माणको अवस्थाको अवलोकन गर्दै जतिसक्दो छिटो काम सक्न निर्देशन दिनुभयो ।