जापानमा भारी वर्षा, दश लाख ब्यक्तिलाई घर खाली गर्न आग्रह

जापानमा भारी वर्षापछि दश लाख ब्यक्तिलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ । फुकुओका र हिरोशिमामा भारी वर्षाको अनुमान गरिएको छ । अधिकारीहरुले भारी वर्षा भइरहेको क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थलतर्फ लाग्न आग्रह गरेका छन् । नागासाकीमा भू स्खलनमा दुइ घर ध्वस्त हुँदा एकजना महिलाको मृत्यु भएको छ । उहाँकी श्रीमान र छोरी हराइरहेका छन् । उक्त क्षेत्रमा १५० जना सेना, प्रहरी र अग्नि नियन्त्रकलाई उद्धार र सहयोगका लागि परिचालन गरिएको छ ।

सम्बन्धित सामग्री

दशकौँपछि अमेरिकामा खतरनाक आँधी

अमेरिकाको फ्लोरिडाको दक्षिण–पश्चिम तटमा शक्तिशाली आँधी इयान ठोक्किँदा भारी वर्षा र बाढीको अवस्था छ, साथै तीब्र हावा पनि चलिरहेको छ । दशकौंपछि पहिलो पटक अमेरिकामा यस्तो खतरनाक आँधी आएको हो ।बुधबार आएको यो आँधीलाई तीव्रताका आधारमा पाँचौं श्रेणीमा राखिएको छ र प्रति घण्टा २५० किलोमिटरको गतिमा हावा चलिरहेका छन् । आँधीको बाटोमा पर्ने घर खाली गर्न आदेश दिइएको छ । लाखौँ मानिसलाई बिस्थापित गरिसकिएको छ । इलाकामा बिजुलीको आपूर्ति ठप्प छ । लगभग १८ लाख मानिस अँध्यारोमा बस्न बाध्य छन् ।फ्लोरिडाका ग