नेपाल र पोर्चुगलबीच सुपुर्दगी सन्धी नभए पनि पोर्चुगलले रेड कर्नर नोटिसकै आधारमा वित्तीय अपराधमा संलग्न केदार ढुङ्गानालाई पक्राउ गरेर नेपाललाई बुझाएपछि केन्द्रीय अनुसन्धान ब्यूरो र इन्टरपोल शाखाको ध्यान अब अमेरिकातिर केन्द्रित भएको छ ।नेपालमा एक अर्ब रुपैयाँभन्दा बढी ठगी गरेर अमेरिका पुगेको अभियोगका खोजीको सूचीमा रहेका पवनकुमार कार्कीलाई पनि ढुंगानालाई जस्तै गरी नेपाल ल्याउन सकिनेमा प्रहरी अधिकारीहरु आशावादी देखिएका छन् ।सीआइबीका डीआइजी धिरजप्रताप सिंह पोर्चुगलबाट केदार ढुङ्गानालाई पक्राउ ग