काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालनमा भइरहेकाे कुनै पनि परीक्षा नराेकिने बताएकाे छ । आइतवार एक सूचना प्रकाशित गर्दै त्रिविले तालिका प्रकाशित गरिसकेका र परीक्षा चलिरहेका स्नातक र स्नातकोत्तर तहका विभिन्न सङ्कायका भदौ ५ सम्मका परीक्षा नरोक्ने निर्णय गरेको हाे ।
विद्यार्थीकाे सङ्ख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रक पुष्पराज जाेशीले जानकारी दिनुभएकाे छ ।
‘सेमेस्टर प्रणालीमा थोरै विद्यार्थी छन्, त्यसैले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर...