तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गुटले २/२ पटक प्रतिनिधिसभा विघटन गरेपछि देशको राजनीतिक अवस्थामा तरलता छायो । विगत लामो समयदेखिको राजनीतिक अस्थिरता, भ्रष्टाचार, अनियमितताका कारण विकास निर्माणका कामले गति लिन सकेन अनि जनतामा निराशा छायो ।
२०६२/०६३ को ऐतिहासिक क्रान्तिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । जनताबाट निर्वाचित प्रतिनिधिबाट बनेको संविधान सभाद्वारा झण्डै १ दशक लगाएर समाजवादउन्मुख संविधान निर्माण भएपछिको आमनिर्वाचनमा एउटै घोषणापत्र जारी गरेर २ ठूला कम्युनिस्ट पार्टीको गठबन्धन पहिलोपटक ...