राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगर सभापति चन्द्रभक्त श्रेष्ठ शुक्रबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बिहान यहाँ आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण र जिल्ला सभापति रामकृष्ण खाणले श्रेष्ठलाई पार्टी प्रवेश गराएर सदस्यता प्रदान गरेका हुन् ।