सिट बाँडफाँटबारे टुङ्गो लगाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलका सदस्यहरूको सहभागिता थियो। तर बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित थिए।