सत्ता गठबन्धनको कार्यदल बैठक लगातार बसेर दुई दिनभित्र सिट बाँडफाँटको टुंगो लगाउने भएको छ । आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँडबारे छलफल भएपनि निष्कर्षमा नपुगेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उनले सोमबार र मंगलबार बस्ने कार्यदलको बैठकले टुंगो लगाउने बताए । ‘बैठक जारी छ । भोलि १ बजे फेरि हाम्रो कार्यदलको बैठक छ । कार्यदलले लगातार बैठक बसेर सहमतिपूर्ण निर्णयमा पुग्छ र त्यो निर्णय शीर्ष नेतालाई पेस गर्छौं’, कार्कीले आइतबारको बैठ