कतारमा आयोजना हुने विश्वकपको छनोट खेलमा युरो च्याम्पियन इटली र स्विटजरल्यान्डबीच एक–एक गोलको बराबरी भएको छ । सिल्भान विडमेरले ११ औँ मिनेटमा स्विसलाई अग्रता दिलाए पनि ३६ औँ मिनेटमा डी लोरेन्जोले इटलीबाट बराबरी गोल फर्काएका थिए । खेलको अन्तिम समयमा इटलीले पेनाल्टीको अवसर पाए पनि जर्जिन्होले त्यसलाई गोलमा परिणत गर्न सकेनन् । यस बराबरीसँगै समूहमा शीर्ष स्थान हालिस गर्ने टोलीको टुङ्गो लाग्न अन्तिम खेलसम्म प्रतीक्षा गर्नुपर्ने भएको छ । पाँच टोली समावेश समूहमा इटली र स्विटजरल्यान्ड दुबैले ७