कुमारी बैंकको कामु सिईओमा रामचन्द्र खनाल

कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी माघ २५ गते मंगलबारदेखि लागू हुनेगरी जिम्मेवारी सम्हाल्ने छन् ।

सम्बन्धित सामग्री

मेगा बैंकको कामु सिईओमा रवीना देशराज श्रेष्ठ

वैशाख २, काठमाडौं । मेगा बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवार रवीना देशराज श्रेष्ठ दिएको छ । कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले अर्को ब्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वैशाख २ गतेदेखि लागू हुने गरी दिएको नेप्से मार्फत जानकारी गराएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको ४ वर्षे कायकार्यल वैशाख १ गते समाप्त भएसँगै कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रेष्ठले पाएकी हुन् ।

कुमारी बैंकको कामु सिईओमा रामचन्द्र खनाल

न्युज अफ नेपाल, काठमाडौं । कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सिईओमा रामचन्द्र खनाल नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी माघ २५ गते मंगलबारदेखि लागू हुनेगरी जिम्मेवारी सम्हाल्ने छन् ।

सेञ्चुरी कमर्सियल बैंकको कामु सिईओमा न्यौपाने

काठमाडौं, १ साउन । सेञ्चुरी कमर्सियल बैंकले कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपानेलाई नियुक्त गरेको छ । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकबाट न्यौपाने कामु मा नियुक्त भएका हुन् । बैंकको अनुसार कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

सिभिल बैंकका सिईओ सुनिलकुमार पोखरेलले गरे पदभार ग्रहण

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुनिल कुमार पोखरेलले पदभार ग्रहण गरेका छन् । शुक्रबारदेखि लागु हुने गरी आगामी ४ बर्षका लागि उनले बैंकको सिईओको रुपमा पदभार ग्रहण गरेका हुन् । बैंकको गत जेठ २७ मा बसेको संचालक समितिको ३४५औं बैठकले उनलाई सिईओमा नियुक्त गरेको थियो । उनी २०७८ बैशाख १८ गते देखि कामु प्रमुख […]