वैशाख २, काठमाडौं । मेगा बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवार रवीना देशराज श्रेष्ठ दिएको छ ।
कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले अर्को ब्यवस्था नभएसम्मको लागि नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वैशाख २ गतेदेखि लागू हुने गरी दिएको नेप्से मार्फत जानकारी गराएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको ४ वर्षे कायकार्यल वैशाख १ गते समाप्त भएसँगै कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रेष्ठले पाएकी हुन् ।