नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यहरुको सम्पत्ति विवरण माग गरेको छ । पार्टी केन्द्रीय कार्यालयले सदस्यहरुलाई पत्राचार नै गरेर एक साताभित्र सम्पत्ति विवरण पठाउन सूचित गरेको हो । ‘राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५३ को प्रयोजनको लागि पार्टी केन्द्रीय सदस्यहरुले आफ्नो चल अचल सम्पत्तिको विवरण पार्टी केन्द्रीय कार्यालयमा खाम बन्दी गरी हप्ता दिन पठाई दिनु हुन निर्देशन अनुसार अनुरोध छ’, केन्द्रीय कार्यालयले भनेको छ। सम्पत्ति विवरणमा केन्द्रीय सदस्यको सम्पूर्ण विवरणस