उदयपुरमा तीन महिना श्रमदान गरेर बाटो निर्माण

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१ खसिबास गाउँबाट दक्षिण चुरे जङ्गल क्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा पुग्न स्थानीयले जनश्रमदानबाटै बाटो निर्माण गरेका छन् । प्राकृतिकरूपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचार–प्रसारको अभाव र आवतजावतका लागि बाटो नभएका कारण सो स्थान ओझेलमा परेको थियो । खसिबास गाउँबाट गुफा पुग्न करिब दुई घण्टा पैदल हिँड्नुपर्छ […]

सम्बन्धित सामग्री

सिम्रुतु खोला लघु जलविद्युत् आयोजना ४ महिनामै बन्द

रुकुम (अस) । रुकुमको त्रिवेणी गाउँपालिकास्थित सिम्रुतु खोला लघु जलविद्युत् आयोजनाले आफैं विद्युत् उत्पादन नगरी नेपाल विद्युत् प्राधिकरणको बिजुली किनेर उपभोक्तालाई वितरण गरिरहेको छ । आयोजनाको पावरहाउसस्थित मेसिनमा खराबी आएपछि प्राधिकरणको केन्द्रीय लाइनको बिजुली किनेर उपभोक्तालाई वितरण गरेको हो । सिम्रुतुु खोला विद्युत् आयोजनाको निर्माण सहकारीमार्फत भएको थियो । २ सय किलोवाट क्षमताको पावरहाउस बिग्रिएपछि प्राधिकरणको बिजुली किनेर बेचिरहेको छ । सोही कारण त्रिवेणी गाउँपालिकाका अधिकांश वडा र मुसीकोट नगरपालिकाका ११ र १२ नम्बर वडाका उपभोक्ताले प्राधिकरणको विद्युत् सोझै नपाएका हुन् । सहकारीले १ हजार १ सय घरमा मिटरबक्स जडान गरेको छ । सहकारीले आयोजनाको तार, पोल र मिटरबक्समा प्राधिकरणको विद्युत् जडान गरेको हो । सिम्रुतु खोलाबाट उत्पादित बिजुली ४ महिना पनि बलेन । त्यसपछि प्राधिकरणसँग विद्युत् किनेर वितरण गरिएको हो । आयोजनाले विद्युत् प्राधिकरणलाई हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्खाको समय ४ रुपैयाँ ८० पैसा एकमुष्ट भुक्तानी सम्झौता गरेको छ । उपभोक्ताबाट भने सबै समय ८ रुपैयाँ ४० पैसा महसुल लिने गरेको सहकारीले जनाएको छ । आयोजना निर्माणका क्रममा स्थानीय उपभोक्ताले घरघरैबाट नगद संकलन गरेका थिए । सबै घरधुरीले केही समय श्रमदान पनि गरे । उक्त आयोजनाले सबै घरमा स्मार्ट मिटर जडान गरिदएको छ । यसबाट महँगो महसुल उठ्ने गरेको स्थानीय छवि ओलीले बताए । ‘हामीले आयोजनामा नगद पनि हालेका छौं,’ उनले भने, ‘के–के बहानामा समितिले महँगो शुल्क लिने गरेको छ ।’ रिचार्ज गरेर विद्युत् बाल्नुपर्ने भएपछि महिना नपुग्दै रिचार्ज सकिने र विद्युत् लाइन काटिने समस्याबाट स्थानीय आजित छन् । विद्युत् आयोजनाको सञ्चालक सहकारीका व्यवस्थापक मनबहादुर चन्दले आयोजनाले उपभोक्तालाई सहुलियतमै सहज सेवा दिन प्रयास गरिरहेको दाबी गरे । विद्युत् आयोजना निर्माण जिम्मा लिएको गौरा कन्सट्रक्सनले आयोजना हस्तान्तरण नगरेको र आयोजना निर्माण गर्दा बैंकबाट लिइएको ऋण तिरिनसकेकाले स्थानीय स्तरमा विद्युत् उत्पादन गर्न समस्या भएको उनको भनाइ छ । उनका अनुसार स्मार्ट मिटरबक्सले भुक्तानी गरेको नगद रहुन्जेलसम्म मात्रै बिजुली बल्ने नत्र लाइन काटिने हुनाले उपभोक्तामा शंका पैदा भएको हो । सहकारीका अनुसार आयोजनामा अहिलेसम्म झन्डै १० करोड रुपैयाँ खर्च भएको छ । आयोजना निर्माणका लागि प्रतिघरधुरी १५ देखि ३० हजार रुपैयाँ संकलन गरिएको थियो । स्थानीयले २ करोड रुपैयाँभन्दा बढीको श्रमदान गरेका थिए । विद्युत् प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले यो सम्झौता प्राधिकरणले केन्द्रमै गरेकाले आफूलाई धेरै थाहा नभएको बताए । ‘समितिले विद्युत् कसरी वितरण  गरिरहेको छ, उपभोक्ता के–कति छन् भन्नेसँग खासै सम्बन्ध हुन्न,’ उनले भने, ‘बलेको युनिटको सम्झौताअनुसार महसुल हामीले लिने गरेका छौं ।’ उनका अनुसार अहिले प्राधिकरणले जिल्लाभरि विद्युत् विस्तारलाई प्राथमिकता दिएको छ । ६ वटै स्थानीय तहमा केन्द्रीय लाइनको विद्युत् विस्तार गरिरहेको उनले जानकारी दिए ।