सिम्रुतु खोला लघु जलविद्युत् आयोजना ४ महिनामै बन्द

रुकुम (अस) । रुकुमको त्रिवेणी गाउँपालिकास्थित सिम्रुतु खोला लघु जलविद्युत् आयोजनाले आफैं विद्युत् उत्पादन नगरी नेपाल विद्युत् प्राधिकरणको बिजुली किनेर उपभोक्तालाई वितरण गरिरहेको छ । आयोजनाको पावरहाउसस्थित मेसिनमा खराबी आएपछि प्राधिकरणको केन्द्रीय लाइनको बिजुली किनेर उपभोक्तालाई वितरण गरेको हो । सिम्रुतुु खोला विद्युत् आयोजनाको निर्माण सहकारीमार्फत भएको थियो । २ सय किलोवाट क्षमताको पावरहाउस बिग्रिएपछि प्राधिकरणको बिजुली किनेर बेचिरहेको छ । सोही कारण त्रिवेणी गाउँपालिकाका अधिकांश वडा र मुसीकोट नगरपालिकाका ११ र १२ नम्बर वडाका उपभोक्ताले प्राधिकरणको विद्युत् सोझै नपाएका हुन् । सहकारीले १ हजार १ सय घरमा मिटरबक्स जडान गरेको छ । सहकारीले आयोजनाको तार, पोल र मिटरबक्समा प्राधिकरणको विद्युत् जडान गरेको हो । सिम्रुतु खोलाबाट उत्पादित बिजुली ४ महिना पनि बलेन । त्यसपछि प्राधिकरणसँग विद्युत् किनेर वितरण गरिएको हो । आयोजनाले विद्युत् प्राधिकरणलाई हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्खाको समय ४ रुपैयाँ ८० पैसा एकमुष्ट भुक्तानी सम्झौता गरेको छ । उपभोक्ताबाट भने सबै समय ८ रुपैयाँ ४० पैसा महसुल लिने गरेको सहकारीले जनाएको छ । आयोजना निर्माणका क्रममा स्थानीय उपभोक्ताले घरघरैबाट नगद संकलन गरेका थिए । सबै घरधुरीले केही समय श्रमदान पनि गरे । उक्त आयोजनाले सबै घरमा स्मार्ट मिटर जडान गरिदएको छ । यसबाट महँगो महसुल उठ्ने गरेको स्थानीय छवि ओलीले बताए । ‘हामीले आयोजनामा नगद पनि हालेका छौं,’ उनले भने, ‘के–के बहानामा समितिले महँगो शुल्क लिने गरेको छ ।’ रिचार्ज गरेर विद्युत् बाल्नुपर्ने भएपछि महिना नपुग्दै रिचार्ज सकिने र विद्युत् लाइन काटिने समस्याबाट स्थानीय आजित छन् । विद्युत् आयोजनाको सञ्चालक सहकारीका व्यवस्थापक मनबहादुर चन्दले आयोजनाले उपभोक्तालाई सहुलियतमै सहज सेवा दिन प्रयास गरिरहेको दाबी गरे । विद्युत् आयोजना निर्माण जिम्मा लिएको गौरा कन्सट्रक्सनले आयोजना हस्तान्तरण नगरेको र आयोजना निर्माण गर्दा बैंकबाट लिइएको ऋण तिरिनसकेकाले स्थानीय स्तरमा विद्युत् उत्पादन गर्न समस्या भएको उनको भनाइ छ । उनका अनुसार स्मार्ट मिटरबक्सले भुक्तानी गरेको नगद रहुन्जेलसम्म मात्रै बिजुली बल्ने नत्र लाइन काटिने हुनाले उपभोक्तामा शंका पैदा भएको हो । सहकारीका अनुसार आयोजनामा अहिलेसम्म झन्डै १० करोड रुपैयाँ खर्च भएको छ । आयोजना निर्माणका लागि प्रतिघरधुरी १५ देखि ३० हजार रुपैयाँ संकलन गरिएको थियो । स्थानीयले २ करोड रुपैयाँभन्दा बढीको श्रमदान गरेका थिए । विद्युत् प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले यो सम्झौता प्राधिकरणले केन्द्रमै गरेकाले आफूलाई धेरै थाहा नभएको बताए । ‘समितिले विद्युत् कसरी वितरण  गरिरहेको छ, उपभोक्ता के–कति छन् भन्नेसँग खासै सम्बन्ध हुन्न,’ उनले भने, ‘बलेको युनिटको सम्झौताअनुसार महसुल हामीले लिने गरेका छौं ।’ उनका अनुसार अहिले प्राधिकरणले जिल्लाभरि विद्युत् विस्तारलाई प्राथमिकता दिएको छ । ६ वटै स्थानीय तहमा केन्द्रीय लाइनको विद्युत् विस्तार गरिरहेको उनले जानकारी दिए ।

सम्बन्धित सामग्री

ऋणले थलिँदै खोटाङका लघु जलविद्युत् आयोजना

खोटाङ, ९ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् । स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर २०७० भदौ १ गते सञ्चालनमा ल्याएको यस लघु जलविद्युत् आयोजनाको अहिले रु १४ लाखभन्दा बढी ऋण रहेको उपभोक्ता समितिले जनाएको छ । करिब […]

ऋणले थलिँदै खोटाङका लघु जलविद्युत् आयोजना

–केदार मगर / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका छन् । स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर २०७० भदौ १ गते सञ्चालनमा ल्याएको यस लघु जलविद्युत् आयोजनाको अहिले रु १४ लाखभन्दा बढी ऋण रहेको उपभोक्ता समितिले जनाएको छ । करिब रु […]

सिन्धुपाल्चोकमा बन्द भए लघु जलविद्युत् आयोजना

कुनै बेला सिन्धुपाल्चोकको हिमाली बस्तीका लागि वरदान साबित भएका लघु जलविद्युत् आयोजना बन्द भएका छन् । राष्ट्रिय प्रसारण लाइन पुगेपछि रु २५ लाखको लागतमा निर्माण गरिएको इन्द्रावती गाउँपालिका–३ कुञ्चोकमा रहेको २० किलोवाट क्षमताको झ्याँडीखोला लघु जलविद्युत् आयोजना उपभोक्ताले १० वर्षदेखि बन्द गराएका छन् । आयोजनाको तार पोल स्थानीयले भागबण्डा गरेर राष्ट्रिय प्रसारण लाइनमा प्रयोग गरेको स्थानीय टङ्क गिरीले बताए ।पाँचपोखरी थाङपाल गाउँपालिका–८ थाङपालधापमा निर्मित जिल्लाकै पहिलो २७ किलोवाटको हाँड

पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र

पर्वत – जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्‍याउने भन्दै स्थापना गरिएका लघु जलविद्युत् आयोजना अलपत्र बनेका छन् । दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरुपमा बन्द भएका छन् । पाँच वर्ष अघिसम्म तीन मात्र आयोजना सञ्चालनमा रहेपनि अहिले केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार […]

पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र

पर्वत । जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्‍याउने भन्दै स्थापना गरिएका लघु जलविद्युत् आयोजना अलपत्र बनेका छन् । दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरुपमा बन्द भएका छन् । पाँच वर्ष अघिसम्म तीन मात्र आयोजना सञ्चालनमा रहेपनि अहिले केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार […]

पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र

दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरुपमा बन्द भएका छन्...

पर्वतका ११ लघु जलविद्युत् आयोजना अलपत्र

पर्वत जिल्लाका विभिन्न दुर्गम भेगका अध्याँरा बस्तीमा उज्यालो पुर्याउने भन्दै स्थापना गरिएका लघु जलविद्युत् आयोजना अलपत्र बनेका छन् । दुई दशक अघिदेखि युएनडीपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरुपमा बन्द भएका हुन् । पाँच वर्ष अघिसम्म तीन मात्र आयोजना सञ्चालनमा रहेपनि अहिले केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएसँगै ती बन्द भएका हुन् । पछिल्ला केही वर्षयता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रशारण लाइनको पह

पावर हाउसमा पुरिएर तीन जनाको मृत्यु

८० किलोवाटको भित्री खोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएदेखिनै गोरखबहादुरको परिवार त्यहाँ बस्दै आएको थियो।...

लघु जलविद्युत् आयोजना अन्तिम चरणमा

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, अपिहिमाल गाउँपालिका, स्थानीय साझेदारी पूर्वाधार विकास कोष र उपभोक्ताको लगानीमा निर्मित सो आयोजनाबाट विद्युत् उत्पादनको अन्तिम तयारी थालिएको छ । विद्युत्को इन्टेक, विद्युत्गृह, क्यानललगायतका काम सकिएको छ । मुख्य पाइप लाइन जडानको काम मजदूर अभावले रोकिँदा निर्माणमा केही ढिलाइ भएको निर्माण समितिका अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए । ‘अहिले यार्सागुम्बा संकलनको समय चलेकाले निर्माण अवरुद्ध भएको छ,’ अध्यक्ष धामीले भने, ‘मजदूर पाइए एक महीनाभित्र विद्युत्को काम सकिनेछ ।’ पाथाको घट्टेखोलामा निर्माण भइरहेको विद्युत्को ६८० मिटर लम्बाइको पाइप लाइन छ । विद्युतीकरणका लागि पोल गाड्नेदेखि तार विस्तारको काम बाँकी छ । अहिले पनि मजदूरको खोजी भइरहेको छ । मजदूर अभावमा रोकिएको काम पुनः शुरू गराउन गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्यालले समेत आग्रह गरेका छन् । ‘निर्माणको काम निकै ढिलो भयो, मजदूर नपाएर काममा ढिलाइ गर्न मिल्दैन,’ उनले भने । पालिकाभित्र मजदूर नपाए बाहिरबाट ल्याएर भए पनि समयमै विद्युत् बाल्न उनले समितिलाई आग्रह गरेका छन् । विद्युत् निर्माण गर्न सके उज्यालो अपि अभियानमा सघाउने पुग्नेछ । आयोजनाबाट उत्पादित विद्युत् साविकको खण्डेश्वरी गाविसका ७०० घरधुरीमा पु¥याउने योजना छ । खण्डेश्वरीमा विद्युत् खपत हुन नसके साविकको घुसा गाविसम्म विस्तार गर्न सकिने जानकारी दिइएको छ । सडक पहुँच नपुगेको अपिहिमालको पाथासम्म विद्युत्को सामान ढुवानीमा लागत बढेको उपभोक्ता समितिका अध्यक्ष धामी बताउँछन् । उनले भने, ‘हामीले विद्युत्को ठूला मेशिन तथा ट्रान्सफर्मर शैल्यशिखर नगरपालिकाको शिखरबाट हेलिकोप्टरमार्फत ढुवानी गर्‍यौं । अहिले पनि गाउँपालिकाको वडा नं ५ मकरीगाडसम्म मात्रै सडक पहुँच छ । सडक पहुँचबाट एक दिन हिँडेपछि मात्रै निर्माणाधीन योजनास्थल पुग्न सकिन्छ ।’ अहिलेसम्म विद्युत् निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रू. २ करोड ८५ लाख, गाउँपालिकाले रू. ९० लाख, स्थानीय साझेदारी पूर्वाधार विकास कोषअन्तर्गत रू. ५० लाख र स्थानीय उपभोक्ताको रू. ५७ लाख लागतमा विद्युत् निर्माण भइरहेको छ । रासस

तस्वीर : पहिरोले बगाएको सिर्पाखोला लघु जलविद्युत् आयोजना

जाजरकोटको नलगाड नगरपालिका–८, मैदेस्थित ३१ किलोवाट क्षमताको सिर्पाखोला लघु जलविद्युत् आयोजना गएराति खसेको पहिरोले आधा बगाएको विद्युत् उत्पादन गृह भवन । पहिरोले विद्युत गृह बगाएपछि यहाँका ३०० घरधुरी विद्युत् सेवाबाट बन्चित भएका छन् ।  तस्वीरः रासस