काठमाडौं : झापाको दमक नगरकालिकाको प्रमुख राप्रपाले जितेको छ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा राप्रपाका उम्मेदवार रामकुमार थापा मेयरमा निर्वाचित भएका हुन्।थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरेकी छिन्।उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १७ हजार ७२ मत प्राप्त गरेकी छिन् भने एमालेका अम्विकाप्रसाद खनालले १६ हजार ५७४ मत प्राप्त गरेका छ