परराष्ट्रमन्त्री डा खड्का र अध्यक्ष लिबिच भेटवार्ता, नेपाल-चीन सम्बन्धका विषयमा छलफल

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चान्शुले शिष्टाचार भेटवार्ता गरेका छन्। आज भएको भेटमा आपसी हित, नेपाल र चीनबिचको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सोमवार नेपाल भ्रमणमा आएका अध्यक्ष लिले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद…

सम्बन्धित सामग्री

युक्रेनको पक्ष लिएर नेपाल अर्को गुटमा गएको होइनः परराष्ट्रमन्त्री डा. खड्का

काठमाडौं, २३ फागुन । परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको आपतकालिन बैठकमा नेपालले युक्रेनको पक्ष लिएर कुनै खेमामा नगएको बताएका छन् । उनले नेपालले असंलग्न परराष्ट्र नीति अन्तर्गत नै युक्रेनको समर्थन गरेको जिकिर गरे । ‘नेपालले असंलग्न परराष्ट्र नीति अन्तर्गत नै युक्रेनको समर्थन गरेको हो,’ आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. खड्काले भने,‘नेपाल अर्को कुनै […]

शिखर सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री डा. खड्का आज सर्विया जाँदै

काठमाडौं, २२ असोज। परराष्ट्रमन्त्री डा. नारायण खड्का आज सर्विया जाँदैछन् । मन्त्रिपरिषद् बैठकको निर्णयनुसार सर्वियामा हुने असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन मन्त्री खड्का आज सर्विया जाने भएका हुन्। उनी आज राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वियातर्फ प्रस्थान गर्नेछन् । मन्त्री खड्कासँगै निजी सचिव, सहसचिवलगायतका टोली सहभागी हुनेछन् जनाइएको छ । सर्विया जाने कार्यक्रम शनिबारको लागि […]

परराष्ट्रमन्त्री डा. खड्का न्युयोर्कमा

पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुग्नुभएको छ । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गर्नुभएको न्युयोर्कबाट परराष्ट्र प्रवक्ता सेवा लम्सालले बताउनुभयो । ‘आशाको माध्यमबाट …

राष्ट्रपति भण्डारीद्वारा परराष्ट्रमन्त्रीमा डा. खड्का नियुक्त (पत्रसहित)

काठमाडौं, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९)बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् । परराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्काको बुधबार दिउँसो १ जे शपथ लिने कार्यक्रम छ ।

परराष्ट्रमन्त्रीमा डा. खड्का नियुक्त, आजै दिउँसो १ बजे सपथ

काठमाडौं, ६ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री कार्यालयले आज विहान खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गरेको पत्रसमेत राष्ट्रपति कार्यालयलाई पठाइसकेको छ । खड्काको सपथ आज दिउँसो १ बजेलाई तय भएको छ । उनी आजै राति संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने पनि कार्यक्रम तय भएको छ […]

परराष्ट्रमन्त्रीमा डा. खड्का नियुक्त

काठमाडौँ । परराष्ट्रमन्त्रीमा काँग्रेस नेता डा.नारायण खड्का नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले केही बेरअघि उनलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन्। केही बेरमै खड्काको राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रम हुनेछ। परराष्ट्रमन्त्री खड्का आजै अमेरिकाको न्युयोर्क जाने तयारीमा छन्। सत्तारुढ गठबन्धनको हिजो(मंगलवार) को बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो।

शुक्रबारभित्र मन्त्रीपरिषद् विस्तार भइसक्छः कांग्रेस नेता डा. खड्का

काठमाडौं, साउन २० । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले शुक्रबारभित्र मन्त्रीपरिषद् विस्तार भइसक्ने बताएका छन् । नयाँ सरकार बनेको तीन साता बितिसक्दा पनि मन्त्रीपरिषद् विस्तार हुन नसकेको भनी प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भइरहेका बेला नेता डा. खड्काले यस्तो जानकारी दिएका हुन् । “नेकपा एमालेको माधव नेपाल पक्षको आन्तरिक छलफल, जनता समाजवादी पार्टीको आधिकारिकता विवाद, […]