अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने माओवादी केन्द्रको निर्णयमा पूर्वसभामुख कृष्णबहादुर महराले पनि आपत्ति जनाएका छन् । व्याख्यात्मक प्रस्ताव भनेर राष्ट्रघाती एमसीसीलाई पारित गर्न नहुने उनको अडान छ । माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा एमसीसी पारित गर्ने निर्णय भएसँगै महरासहित नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेलले पनि विरोध गरेका छन् । यसअघि पनि पूर्व सभामुख समे