सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रका धेरैजसो होटल बन्द भएका छन् । चिसो बढेसँगे सगरमाथा क्षेत्रको झण्डै ९० प्रतिशतभन्दा धेरै होटल बन्द भएका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ।
सिजनमा पर्यटकले खचाखच हुने सगरमाथा क्षेत्रका होटल यतिखेर बन्द छन् भने होटल सञ्चालक पनि जाडो छल्न बसाइँ सर्न थालेका निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार होटल, पसल बन्द भएसँगै खुम्बु क्षेत्र सुनसान बनेको छ।
पर्यटकीय ‘सिजन’मा भरिभराउ विमानस्थल, होटल, लज, क्याम्प...