काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि निर्वाचन समितिले आचारसंहिता जारी गरेको छ ।आचारसंहिताअनुसार उम्मेदवारले प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्न सक्ने, कसैको व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचार गर्न नपाइने उल्लेख छ ।यस्तै केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा, भृकुटीमण्डप र राष्ट्रिय सभा गृह कांग्रेसको महाधिवेशन क्षेत्र भएकाले यी ठाउँको पाँच सय मिटर वरपर चुनावसँग सम्बन्धित भित्ते लेख, तुल, ब्यानर, पर्चा पम्प्लेट, माइकिङ लगायतका प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तो गरेको ...