सरकारले कोरोनाको तेस्रो लहर बढेसँगै नयाँ यात्रा मापदण्ड लागू गरेको छ । उक्त मापदण्डमा खोपको मात्रा पुरा गरेका विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने सुविधालाई निरन्तरता दिइने भएको छ । यो भिसा खुला भएका मुलुकका नागरिकले पाउन सक्ने अध्यागमन विभागले जानकारी दिएको छ ।
यो सुविधा गैरआवासीय नेपाली, गैरसरकारी संस्थाका प्रतिनिधि एवम् कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई पनि लागू हुनेछ । नेपाल आउने विदेशी पर्यटकहरुले कोभिड विरुद्धको खोपको मात्रा पुरा गरेको कार्ड, ७२ घण्टाअघिको कोरोना नेगेटिभ भएको प्रमाणपत्र, होटल बुकिङ पनि अध्य...