अघिल्लो सरकारले तयार पारेको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गण्डकी प्रदेश

गोरखा : गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नयाँ सरकारले नियुक्ति पाएको तेस्रो दिनमै नीति तथा कार्यक्रम ल्याउन लागेको हो। हिजो दिनभर नीति तथा कार्यक्रमको छलफलमा केन्द्रित रहेको नयाँ सरकारले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ। प्रदेशसभा बैठकअघि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितीको बैठक बस्ने प्रदेशसभा सचिवालयकी सूचना अधिकारी सपना अधिकारीले जानकारी दिइन्।

सम्बन्धित सामग्री

गण्डकी सरकरको नीति तथा कार्यक्रम सार्वजनिक

पोखरा-गण्डकी प्रदेश सरकारले कोदोको उत्पादनदेखि कोदोको रक्सीको ब्राण्डिङदेखि प्रदेश बैंक स्थापना गर्नेसम्मका नीति तथा कार्यक्रम ल्याएको छ ।गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुरुङले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सो कुरा उल्लेख भएको छ । अघिल्ला सरकारले प्रदेशको आर्थिक विकासको समृद्धिको पहिलो आधार पर्यटनलाई मान्दै आए पनि सरकारले भने कृषिलाई […]

गण्डकीको नीति तथा कार्यक्रम–केही नयाँ, अधिकांश पुरानै योजना

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।...

गण्डकी सरकारको नीति तथा कार्यक्रम : प्राथमिकतामा ‘स्वास्थ्य’ (पूर्ण पाठ)

पोखरा -  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभामा मंगलबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई जोड दिइएको छ । प्रदेशवासीको स्वास्थ्यमा सुधार ल्याउन प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गरिने, जनसंख्या व्यवस्थापन गर्न प्रदेश जनसंख्या ...

गण्डकी सरकारको नीति तथा कार्यक्रम : प्राथमिकतामा ‘स्वास्थ्य’ (पूर्ण पाठ)

पोखरा -  गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभामा मंगलबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई जोड दिइएको छ । प्रदेशवासीको स्वास्थ्यमा सुधार ल्याउन प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गरिने, जनसंख्या व्यवस्थापन गर्न प्रदेश जनसंख्या ...

गण्डकी प्रदेश : मिर्गौला प्रत्यारोपण पोखरामै गराउने घोषणा

गण्डकी सरकारले प्रदेशको राजधानी पोखरामा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने कार्यक्रम अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा पोखराबाटै मिर्गौला प्रत्यारोपण गराउने जनाएको हो ।यस्तै, प्रदेशभित्रका मिर्गौला रोगीलाई नियमित सेवा दिन गोरखा, लमजुङ र मध्येविन्दु जिल्ला अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने जनाएको छ । पोखरामा ५० शैय्याको मुटुरोग अस्पताल स्थापना र सन्चालन गरिने प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जानकार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

जेठ ३१, कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमवार प्रदेशसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।  आगामी आवको बजेट असार १ गते ल्याउनैपर्ने बाध्यकारी व्यवस्था भएकाले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्वको सरकारले नीति तथा कार्यक्रम सोमवार नै प्रस्तुत गरेको हो । बजेटको प्राथमिकता र सिद्धान्त भने यसअघि नै निवर्तमान अर्थमन्त्री किरण गुरुङले संसद्मा प्रस्तुत गरिसकेका थिए । ्नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पौडेलले कोभिड नियन्त्रण, प्रदेशका विभिन्न जिल्ला अस्पतालको विशिष्टीकरण, कोभिडबाट मृत्यु भएका स्वास्थ्यकर्मी र सर्वसाधारणका परिवारलाई राहत, पर्यटन प्रवद्र्धन, पूर्वाधार निर्माण, विश्वविद्यालय निर्माण लगायत कार्यक्रम प्रदेश सरकारको प्राथमिकतामा रहेको जानकारी दिइन् । कृषिको उत्पादकत्व बढाउन चाक्लाबन्दी, बिउबिजनको व्यवस्था, माटोको परीक्षण लगायत कार्यक्रम लागू गर्ने घोषणा गरिएको छ । बाँझो जग्गामा खेती गर्न प्रोसाहन, सिँचाइको व्यवस्था, कृषि बीमा कार्यक्रम, बजारीकरण, हावापानी अनुकूलको खतीपातीलाई प्रोसाहन, कृषि एम्बुलेन्स सञ्चालन, चिस्यान केन्द्र निर्माण लगायत कार्ययोजना रहेको जानकारी प्रदेश प्रमुख पौडेलले जानकारी दिइन् । स्थानीय तहसँगको समन्वयमा प्रत्येक वडामा आवश्यक प्राविधिक परिचालन, मत्स्यपालनमा प्रोसाहन, गरीबको पहिचान तथा गरीबी न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । बेरोजगारलाई राजगारी दिलाउन साना तथा मझौला उद्योग सञ्चालनमा प्राथमिकता दिने, स्थानीय कच्चापदार्थ तथा उत्पादनलाई प्रोत्साहन गर्ने, उद्योग खोल्न सहजीकरण गर्ने र स्वरोजगारका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था गर्ने कार्यक्रम रहेका जानकारी प्रदेश प्रमुखले दिइन् ।  गण्डकी प्रदेशलाई मुख्य पर्यटकीय राजधानी बनाउने कार्यलाई निरन्तरता दिने, होमस्टेलाई पूर्वाधारयुक्त बनाइने, चक्रीय पदमार्ग र अन्य पदमार्गको खोजी गरिने, प्रदेशभित्रका प्रमुख पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधार निर्माण गर्ने योजना समेत प्रदेश सरकारको छ । प्रदेशमा जल, खेल, स्वास्थ्य, धार्मिक लगायतका पर्यटनको विकास गरिने, पोखरालाई हवाई सेवामार्फत प्रमुख शहरसँग जोडिने र जैविक तथा पर्यटकीय पदमार्ग निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । मुस्ताङमा कस्तुरी प्रजनन केन्द्रको स्थापना, प्रदूषण नियन्त्रण, आयात प्रतिस्थापनलाई प्राथमिकता दिने, फेवाताल लगायत तालको गुरुयोजना निर्माण, गिटी, बालुवाको उत्खनन गर्ने योजना समेत रहेको प्रदेश प्रमुख पौडेलले जानकारी दिइन् । त्यसैगरी प्रदेशका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक २ वर्षभित्र निर्माण गर्ने, सिद्धार्थ तथा पृथ्वी राजमार्गको स्तरवृद्धि कार्यमा सहजीकरण गर्ने कार्यक्रम समेत रहेको उनले बताइन । यसैगरी पोखरामा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्ने, यातायात कार्यालयलाई व्यवस्थित गरिने, प्रदेशका सबै स्थानमा विद्युतीकरण, नवीकरणीय ऊर्जामा प्रोसाहन तथा सिँचाइ योजना सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । प्रदेश सरकारले वातावरणीय प्रभाव मूल्यांकन गरी ढुंगा, गिटी, बालुवाको उत्खनन, उपयोग तथा व्यवस्थापन गर्ने भएको छ । धवलागिरि संरक्षण क्षेत्रको सम्भाव्यता अध्ययन, नवलपुर, तनहुँ र कास्कीमा एक÷एकओटा वनपैदावर आधारित उद्योग निर्माण लगायत विभिन्न योजना नीति तथा कार्यक्रममा समेटिएका छन् ।

गण्डकीको नीति तथा कार्यक्रम : पुरानै काम र योजनालाई निरन्तरता (पूर्णपाठसहित)

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख

कुन प्रदेशको नीति तथा कार्यक्रम कस्तो ? (पूर्ण पाठसहित)

काठमाण्डौ – गण्डकी र कर्णाली प्रदेशबाहेक अरू ६ वटा प्रदेशले आउँदाे आर्थिक वर्ष २०७८/०७९ काे नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । लुम्बिनी प्रदेशले केही दिनअघि र पाँच वटा प्रदेशले बिहीवार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा कोरोना नियन्त्रणलाई प्राथमिकता दिँदै सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने योजना ल्याएका छन् । अरू धेरै योजना र कार्यक्रम भने पुरानैलाई निरन्तरता दिइएको छ ।  प्रदेश १ प्रदेश एक सरकारले स्वास्थ्य, शिक्षा, रोजगार, सामाजिक सुरक्षा र भौतिक पूर्वाधार...

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, पुरानै काम र योजनालाई निरन्तरता

गण्डकी प्रदेशले आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक