राजस्वको वितरण न्यायपूर्ण हुनुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपाथोपाबाट संकलन भएको राजस्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् ।   मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । ‘राजस्व भनेको जनताको पसिनाको थोपाथोपाको संग्रह हो । यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्छ,’ शुक्रवार मन्त्रालयमा आयोजित राजस्व सचिव रामशरण पुडासैनीको बिदाइ समारोहलाई सम्बोधन गर्दै शर्माले भने । मन्त्री शर्माले राज्यका हरेक नीतिहरू निरन्तर सुधारको प्रक्रियामा रहेको भए तापनि आपूmले निरन्तर सुधारभित्र ‘गुणात्मक सुधार’ चाहेको बताए । ‘निरन्तर सुधारले मात्र पुग्दैन भन्ने मेरो मान्यता छ । निरन्तर सुधारभित्र गुणात्मक सुधार भएन भने त्यो यथास्थितिवादी नीति बन्छ । यथास्थितिवादी नीतिले परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न सक्दैन,’ उनले थपे, ‘मैले गुणात्मक सुधारका लागि काम गर्ने हो । यो काम हचुवाको भरमा गर्ने होइन । गहन अध्ययन विश्लेषण गरेरै गर्ने हो तर गर्ने हो ।’ अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवानिवृत्त हुन लागेका राजस्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै मन्त्री शर्माले त्यसलाई राज्यले आगामी दिनमा पनि उपयोग गर्ने बताए । बिदाइ समारोहमा अर्थ सचिव मधुकुमार मरासिनीले सेवा निवृत्त हुन लागेका सचिव पुडासैनीले नेपालको अर्थतन्त्र सुधारमा गरेको योगदानको चर्चा गर्दै विना कुनै दाग बिदाइ हुनु पनि सेवाकालको ठूलो सफलता भएको टिप्पणी गरे । बिदाइ मन्तव्यको क्रममा राजस्व सचिव पुडासैनीले नवनियुक्त अर्थमन्त्रीले अघि सारेको ‘उपभोगवादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने’ भिजन महत्त्वपूर्ण र सान्दर्भिक रहेको भन्दै त्यसको कार्यान्वयनले राजस्व संकलनमा समेत सुधार आउने तर्क गरे । तीन दशकभन्दा लामो समय निजामती सेवामा बिताउँदाको अनुभव सुनाउँदै उनले नेपालमा राजनीतिक क्षेत्रले कर्मचारीतन्त्रलाई अझै पूर्णरूपमा विश्वास नगरिसकेको बताए । विसं २०४५ साल असार २० गते निजामती सेवामा प्रवेश गरी २५ वर्ष अर्थ मन्त्रालयमा कार्यरत पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ । निजामती सेवामा ३३ वर्ष बिताएका पुडासैनी ५८ वर्षे उमेर हदका कारण आज (आइतवार) देखि सेवानिवृत्त भएका छन् ।

सम्बन्धित सामग्री

उद्योगको बिजुली काट्ने निर्णयमा पुनर्विचार हुनुपर्छ : अर्थमन्त्री महत

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार गर्नुपर्ने बताएका छन्।उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेका समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने बताएका हुन्। उनले विभिन्न उद्योगमा भइरहेको अहिलेको दबाबलाई सोचेर मात्रै काम गर्नुपर्ने आवश्यकता रहेको बताए।उनले लोडसेडिङ हुँदा दिएको डेडिकेटेड लाइनबारेका विवादलाई लिएर उद्योगको बिजुली काट्ने कुरामा नेपाल विद्युत् प्राधिकरणले पुनः विचार गर्नुपर्ने बताए।अर्थमन्

विदेशमा सुनको श्रीलंका छैन‚ युवालाई यहीँ पर्याप्त अवसर छ : अर्थमन्त्री महत

काठमाडौं :  अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाली युवालाई विदेश नजान आग्रह गरेका छन्।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा सञ्जालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री महतले युवाका लागि स्वदेशमै पर्याप्त अवसर रहेको बताए।‘अहिले विदेशै जानुपर्छ भन्ने जुन एउटा लहर छ‚ माइण्डसेट छ‚ प्रेसर छ‚ त्यसबाट युवाहरू मुक्त हुनुपर्छ। फलाना त गइसक्यो मलाइ पनि जसरी पनि पठाउनुपर्‍यो भनेर बाबुआमालाई प्रेसर दिइरहेको हुन्छ।’ अर्थमन्त्री महतले भने, ‘तर

शाखा अधिकृतको तलब एक लाख हुनुपर्छ : अर्थमन्त्री शर्मा

१२ असोज, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको बताएका छन् । बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब पनि दिन नसकेको बताए । सरकारले चालु आर्थिक बर्षका लागि सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । तर, यो […]

अर्थमन्त्री माथि छानविन हुनुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं।नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भिर प्रश्न उठेको भन्दै उनको राजीनामा माग गरेका छन्।प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिहरुसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रुपमा पदमा बस्न नमिल्ने बताएका छन्।उनले गोपनियताको विषयलाई बाहिर सार्वजनिक गर्नु गम्भिर अपराध भएको भन्दै छानविन हुनुपर्ने पनि माग गरेका छन्।

लेखापरीक्षण मर्यादित र व्यावसायिक हुनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यावसायिक लेखापरीक्षण हुनुपर्ने बताएका छन्।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखाव्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखापरीक्षक विमुख हुन नहुने धारणा राखे।कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखापरीक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथि भए राष्ट्रिय अर्थतन्त्रमा नै असर गर्नेतर

सरकार र निजी क्षेत्रबीच करको द्धन्द्ध अन्य हुनुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकार र निजी क्षेत्रबीचमा कर असुलीबारे हुने द्वन्द्वको अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले विगतदेखि अर्थमन्त्रालय...

कर असुलीबारे हुने द्वन्द्वको अन्त्य हुनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय र निजी क्षेत्रबीचमा कर असुलीबारे हुने द्वन्द्वको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले विगतदेखि अर्थमन्त्रालय र निजी क्षेत्रबीचमा कर बढाउने र घटाउनको लागि हुने द्वन्द्व अन्त्य गर्नुपर्ने बताउनुभएको हो । उहाँले यस्तो द्वन्द्वको तत्काल अन्त्य […]