मेसिनले मकै रोप्दा ४६% लागत घट्यो

जितपुर सिमरा उपमहानगरपालिका–११ खेस्रौलका किसान सहदेव चौधरीले ५ वर्षयता नियमित रूपमा प्रिसिजन मेज प्लान्टरबाट मकै खेती गरिरहेका छन् । परम्परागत खेतीभन्दा मेसिनको मद्दतले खेती गर्दा लागत करिब ४६ प्रतिशत घटेको उनको अनुभव छ । ‘कृषि मजदुरको अभावका बेला उपकरण वरदानजस्तै भयो,’ उनले भने, ‘मकै खेतीको लागत झन्डै आधाले घट्यो, उत्पादन भने १० देखि १२ प्रतिशतले बढ्यो ।’

सम्बन्धित सामग्री

नेपालगन्ज नाकाबाट मकै आयात बढ्यो, अन्य खाद्य पदार्थ भने घट्यो

एक वर्षमा नेपालगन्ज नाकाबाट अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा मकै आयात बढेको छ । गत आवमा दुई अर्ब नौ करोड ९९ लाख ९४ हजार रुपैयाँको पाँच करोड ५० लाख ७१...

घट्यो मकै उत्पादन

खडेरीका कारण यो वर्ष मकै उत्पादन घट्दा सर्लाहीको उत्तरी भेगका किसान चिन्तित बनेका छन् । मकैलाई पानी आवश्यक पर्ने जेठ र असार महिना पूरै खडेरी लाग्दा मकै उत्पादनमा व्यापक कमी आएको हो । उत्तरी भेगका किसानले अहिले धमाधम पाकेको मकै भिœयाइरहेका छन् । यहाँको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरे भेगमा आकाशे वर्षाको भरमा सँठिया मकै रोप्ने गरिएको छ । खडेरीले मकैमा पुड्का र थोते घोगा लागेका छन् ।

खाद्यान्न आयात किन घट्यो ?

चालू आर्थिक वर्षको ७ महीनामा खाद्यान्न आयात ३१ दशमलव ४ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि माघ मसान्तसम्म ३४ अर्ब ६७ करोड ८४ लाख ९८ हजार रुपैयाँ बराबरको खाद्यान्न आयात भएको देखिन्छ । ती खाद्यान्नमा चामल, मकै, धान, गहुँ, जौ, कोदो आदि रहेका छन् । यसरी आयात कम हुनुका कारणमध्ये पहिलो धान उत्पादन वृद्धि हुनु हो । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति जोगाउन आयातमा गरेको कडाइ र आयातमा एलसी अर्थात् प्रतीतपत्र खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेका कारण पनि खाद्यान्न आयात प्रभावित भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति जोगाउन आयातमा गरेको कडाइ र एलसी खोल्दा जुन व्यवस्था गरियो त्यसकै कारण आयातमा कमी आएको भन्ने तर्क व्यवसायीहरूको रहेको छ । छिमेकी देश भारतले गहुँ निर्यातमा भन्सार शुल्क बढाएका कारण खाद्यान्न आयातमा कमी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गत असोजमा भारतले धान र चामल निर्यातमा २० प्रतिशतसम्म भन्सार शुल्क लगाएको थियो । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ७ महीनाको अवधिमा १० अर्ब ६६ करोड ८० लाख ७ हजार रुपैयाँको चामल आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १९ अर्ब ९२ करोड ४३ लाख ५५ हजार रुपैयाँको चामल आयात भएको थियो । त्यसैगरी ७ महीनामा १० अर्ब ४० करोड ११ लाख रुपैयाँको मकै आयात भएको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा १३ अर्ब ४४ करोड ३६ लाख १ हजार रुपैयाँको मकै आयात भएको थियो । हाम्रो देशमा खासगरी कुखुरा पालन गर्ने व्यवसायीहरूले दाना बनाउन मकैको उपयोग गर्ने गर्छन् । यस वर्ष धान आयात भने सामान्य मात्रामा बढेको छ । चालू ७ महीनामा १३ अर्ब ४७ करोड ८४ लाख रुपैयाँको धान किनेको देखिन्छ । गतवर्ष सोही अवधिमा १२ अर्ब ४६ करोड ३४ लाख ११ हजार रुपैयाँको आयात भएको थियो । पहाड र तराईमा गहुँ उत्पादन भए पनि सामान्य घरायसी प्रयोजनका लागि मात्रै पुग्ने गरी उत्पादन भएकोले व्यावसायिक रूपमा स्वदेशी उत्पादनले धान्न सक्दैन । त्यसकारण यस वर्षको चालू आर्थिक वर्षको ७ महीनामा १० करोड १८ लाख ८५ हजार रुपैयाँको गहुँ आयात भएको छ । गतवर्षको सोही अवधिमा भने ४ अर्ब ६४ करोड ६१ लाख ८८ हजार रुपैयाँ बराबरको गहुँ आयात भएको थियो । विगत १ वर्षभन्दा लामो समय अगाडिदेखि थालनी भएको रूस र युक्रेन युद्धका कारण देखाउँदै भारतले गहुँ निर्यातमा कडाइ गरेको थियो ।   भारत सरकारले गएको जेठ महीनादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । कृषि तथा पशुपन्छी मन्त्रालयले ६ दशमलव ९४ प्रतिशतले बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको बताएको छ । चामल, मकै, गहुँ, कोदो र फापरको उपभोग प्रतिव्यक्ति प्रतिवर्ष करीब १८१ केजी हुने गरेको छ । चामलको उपभोग प्रतिव्यक्ति प्रतिवर्ष करीब १३७ केजी भइरहेको छ । चामलको आवश्यकता वार्षिक ४० लाख मेट्रिक टन रहेकोमा ५५ लाख मेट्रिक टन धानबाट ३५ लाख २० हजार मेट्रिक टन चामल उपलब्ध हुने देखिएकाले वार्षिक ४ लाख ८० हजार मेट्रिक टन चामल कमी हुने मन्त्रालयले बताएको छ ।   हाल नेपालमा विभिन्न देशहरूबाट खाद्यान्न आयात हुने गरेको देखिन्छ । ती देशमा भारत, चीन, अर्जेन्टिना, दक्षिण अफ्रिका, इन्डोनेशिया, मेक्सिको, थाइल्यान्ड, मलेशियालगायत पर्दछन् । स्थानीय उत्पादनले माग धान्न नसकेकै कारण हरेक वर्ष ठूलो परिमाणमा खाद्यान्न आयात गर्न हामी बाध्य भइरहेको अवस्था छ । केही दशक अगाडि नेपालले भारतलगायत अन्य देशमा समेत धान निर्यात गर्ने गरेको विविध तथ्यांकले देखाएको छ । तर, पछिल्ला समय भने हामी हरेक उत्पादनमा परनिर्भर बन्दै गएका छौं । पहिले नेपालको वैदेशिक व्यापार भारतसँग मात्र सीमित रहेको थियो । वैदेशिक व्यापार तथा आयात र निर्यात विषयमा चर्चा गर्ने हो भने नेपालमा काजी भीम मल्लका पालामा नेपाल तिब्बत वाणिज्य सम्झौता भएपछि नेपाल र तिब्बतबीचमा वस्तु आयात र निर्यात हुन थाल्यो । त्यस बेला तिब्बतबाट नेपालमा भेडा च्याङ्ग्रा, सुन, उन, नुनजस्ता वस्तु आयात गरिन्थ्यो भने नेपालबाट चामल, पिठो, खुर्सानी, चिनीजस्ता वस्तुु निर्यात गरिन्थ्यो । विसं २०२० सालसम्म नेपालको वैदेशिक व्यापार भारतपछि चीनसँग मात्र सीमित रहेको थियो । विसं २०२१ देखि बल्ल नेपालले समुद्रपारका देशहरूसँग पनि आफ्नो व्यापार बढायो ।   आयात बढ्दा हामीलाई पर्ने असर भनेको विकास निर्माण कार्यमा बजेट अभावको समस्या हुनु हो । वस्तु आयातमा गरिने खर्चले गर्दा अत्यावश्यक निर्माणमा समेत बजेटको अभाव रहने गरेको दृष्टान्त नभएको होइन । अप्रशोधित र अर्धप्रशोधित कच्चा पदार्थभन्दा पनि प्रशोधित तयारी वस्तुको निर्यात गर्न सके वैदेशिक मुद्रा आर्जनमा ठूूलो टेवा पुग्ने देखिन्छ । हाल निर्यात भैरहेका उच्च कोटिका वस्तुहरूमा नेपाली कागज, गलैंचा, दाल, जडीबुटी, पिना, चिया, अलैंची, खयर, तयारी पोशाक, चाँदीका गहना, छालाका तयारी सामान, पश्मिना, हस्तकलाका सामान आदि रहेका छन् । देशको अर्थतन्त्र बलियो बनाउन स्वदेशमा नै खाद्यान्न उत्पादनमा जोड दिन जरुरी छ । खाद्यान्नमा आत्मनिर्भर बन्दा मात्र मासिक रूपमा विदेशिइरहेको करोडौं रकम बचत भई अर्थतन्त्र सबल बन्न सक्छ । यसका लागि राज्यले ज्यादा सजगता अपनाउन र आर्थिक जोखिमबाट बच्ने उत्तम उपायको खोजी गर्नु आवश्यक छ । त्यसैले खाद्यान्नसम्बन्धी नीति बनाउँदा नीति निर्माताले दूरदर्शिता अपनाउन अत्यावश्यक हुन्छ ।      लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

विश्वभर मकै, गहुँ र चामलको भाउ घट्यो

काठमाडौं । विश्वभर मकै, गहुँ र चामल सस्तो भएको छ । मार्च ९ सम्मको दुई हप्तामा यी अन्नको भाउ घटेको बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले जानकारी दिएको छ । आफ्नो खाद्य सुरक्षा अपडेटमा बैंकले बताएअनुसार दुई हप्ताअघिको तुलनामा समीक्षा अवधिमा मकै ६ प्रतिशतले सस्तो बनेको छ । गहुँको भाउ ७ प्रतिशतले घट्दा चामल २ प्रतिशत सस्तो भएको छ । गत वर्षको सोही अवधिको तुलनामा भने गहुँको भाउ १५ प्रतिशत सस्तो थियो । चामलको भाउ भने धेरै हो । सन् २०२१ जनवरीको तुलनामा मकै र गहुँको भाउ क्रमश: २४ प्रतिशत र ७ प्रतिशत महँगो भएको बैंकले जानकारी दिएकाे छ । चामल भने ३ प्रतिशत सस्तो छ । दुई हप्ताअघिको तुलनामा कृषि र अनाजको मूल्य सूचक क्रमशः २ प्रतिशत र ५ प्रतिशत घटेको छ । निर्यात मूल्य सूचकांक भने उही स्तरमा रहेको बैंकले जानकारी दिएको छ । एजेन्सी

खाद्यान्न आयात उनन्चालीस प्रतिशतले घट्यो

काठमाडौं, पुस १२ । अघिल्लो आर्थिक वर्षको पाँच महिनामा (साउन–मङ्सिर)को तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ३९ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनामा २० अर्ब ३१ करोड १७ लाख सात हजार रुपैयाँ बराबरको खाद्यान्न (धान, मकै, गहुँ, चामल, जौ, कोदो) आयात भएको हो । गत वर्ष सो अवधिमा ३३ अर्ब […]

यान्त्रीकरणले लागत घट्यो

जितपुर–सिमरा उपमहानगरपालिका ११ खेस्रौलका किसान रमेश चौधरीले ४ वर्षयता प्रिसिजन मेज प्लान्टरबाट मकै खेती गर्न थालेका छन् । २ बिघा खेतमा मकै लगाएका उनले परम्परागत खेतीभन्दा यो मेसिनको मद्दतले मकै खेती गर्दा खेती लागत करिब ४६ प्रतिशतले घटेको अनुभव सुनाए ।

ताप्लेजुङमा धान उत्पादन बढ्यो, मकै घट्यो

ताप्लेजुङमा यसवर्ष खाद्यान्न बाली धान उत्पादन वृद्धि भएको छ भने मकै उत्पादनमा ह्रास आएको छ । गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन वृद्धि र मकै घटेको हो ।

काठमाडौंमा खेती गर्ने जग्गा घट्यो

काठमाडौं उपत्यकामा खेती गरिने जग्गा अब बस्तीमा परिणत भएको छ । मलिलो उर्बर माटोमा मार्सी धान र चम्सुरको साग उब्जने खेत बारीमा सिमेन्ट र फलाम राखेर भव्य महलहरू बनाउने क्रम तीव्र भएको छ । बाँकी जग्गा पनि घडेरीमा दिन प्रतिदिन टुक्रा पारिएका छन् । कृषि तथा सहकारी मन्त्रालयका अनुसार परम्परागत रुपमा लगाइने धान, मकै, कोदो गहुँको क्षेत्रफल घट्दै गएको र आलु तथा तरकारी कुनै बेला मनग्य पु¥याउने काठमाडौं अहिले बाहिरबाट हुने खाद्यान्न र तरकारी आयातमा निर्भर रहेको छ । अहिले कालिमाटी तरकारी बजारमा आउने तरकारीमध्ये सात प्रतिशतमात्र उपत्यकाको उत्पादन हुने गरेको छ । आव २०३५/३६ को तुलनामा २०६५/६६ मा जिल्लामा धान खेतको क्षेत्रफल ३४ प्रतिशतले घटेको छ । मकै र कोदो उत्पादन हुने जमिनको क्षेत्रफल ४० प्रतिशतले घटेको छ । गहुँखेतीको क्षेत्रफल सबभन्दा तीव्र ५० प्रतिशतले घटेको छ । खेतीयोग्य जमिन यसरी घट्नुमा आवास क्षेत्रको विस्तार नै मुख्य कारण हो । गहुँ लगाउने खेतबारीमा तरकारी आलुको खेती केही बढेको छ । धान, मकै र कोदो बारी घडेरीमा परिणत भएको छ । भक्तपुर जिल्लामा पनि २० प्रतिशतले धानखेती घटेको छ । ललितपुरमा सबैभन्दा कम घटेको देखिन्छ । जिल्ला कृषि विकास कार्यालय काठमाडौंले हालै प्रकाशित गरेको विवरण अनुसार २०४२ देखि २०५७ सालसम्मको अवधिमा खेती गरिएको कुल क्षेत्रफल ६४ प्रतिशतबाट ४१ प्रतिशतमा झरेको छ । वर्ष ५, अंक ४२, २०६७, असार ७–१३

धानको मूल्य बढ्यो मकै र गहुँको घट्यो

मधुसुधन तिमल्सिना काभ्रे, भदौ ७ गते । जिल्लामा पछिल्लो चार वर्षको अवधिमा धानको मूल्य बढेको छ भने मकै र गहुँको मूल्यमा गिरावट आएको पाइएको...