काठमाडौँ। प्रदिप शाहीको निर्देशनमा बनेको दोश्रो चलचित्र ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ।
शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘अन्तिम संस्कार’को ६० प्रतिशत छायाँकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौँमा गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले जानकारी दिए।