म्याग्दी : विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा म्याग्दीका ग्रामीण भेगबाट रैथानै सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानीघट्ट लगायतका मौलिक सम्पदाहरु लोप हुँदै गएका छन्।एक दशक अगाडिसम्म म्याग्दीको ग्रामीण क्षेत्रमा अत्यधिकरुपमा प्रयोग हुने गरेका पानीघट्ट अहिले लोप भएका हुन्। पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो । गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत संचालन हुने मिल पुगेपछि यो प्रविधि लोप हुँदै गएको हो।गाउँलेहरुले पिसानी (अन्न पिस्ने काम) का लागि घट्ट भरपर्द