महानगरीय ट्राफिक महाशाखाले ‘सुरक्षित माइक्रोबस यात्रा’ अभियान सुरु गरेको छ । काठमाडौँ उपत्यकामा धेरै मानिसहरु माइक्रोले ठक्कर दिएर दुर्घटना भएको भन्दै यसलाई कम गर्न ‘सुरक्षित माइक्रोबस यात्रा’ यात्रा सुरुवात गरेको हो । महाशाखाले आज साँझ न्यूरोड गेटमा यात्रु लिन पर्खेका माइक्रोबसका चालकलाई जनचेतनामूलक शिक्षा प्रदान गर्नुका साथै शिक्षा लिइसकेका माइक्रोबसमा स्टिकर टाँसेर छाडिदिएको थियो ।…