महोत्तरीमा स्थानीय कृषि उत्पादन किन्दै सहकारी, फसल बेच्न बजार डुल्नुपर्ने हट्यो बाध्यता !

महोत्तरी । उत्पादित फसल बेच्न बजारबजार दौडनु नपरेपछि महोत्तरीको भङ्गाहा नगरपालिका र आसपासका किसान उत्साहित भएका छन् । यहाँ उत्पादित ओल र मसला स्थानीय कृषि सहकारी संस्थाले किन्न थालेपछि बजारीकरणको समस्या समाधान भएको हो । भङ्गाहा–४, रामनगरस्थित गढीमाई कृषि सहकारी संस्थाले चलनचल्तीको मूल्यमा पालिका र आसपासका किसानका ओल र मसला किन्दै आएको छ । ‘उत्पादन राम्रो गराउन थप मेहनत गर्नुपर्ने भएको छ,’ किसान राजकुमार दासले भने, ‘अहिले फसल बेच्न बजारबजार दौडनु पर्दैन । संस्थाले ओल र मसला किन्न थालेपछि बजारको चिन्ता हटेको छ ।’ तराईको विशेष तरकारी मानिने ओल र बेसार, खुर्सानी एवं अदुवा मिसाएर बनाइएको मसला सहकारी संस्थाले किन्न थालेपछि किसान विक्रीको कुराबाट ढुक्क भएका हुन् ।   बर्दिबास–७ का रामउद्गार महतोले भने, ‘पहिलेपहिले ओल खेती गरेपछि बजारको चिन्ता हुन्थ्यो, अब ढुक्क छौं ।’ संस्थाले आफ्नो बस्तीसँगै जोडिएका बर्दिबास–७ र ९ तथा धनुषाको बटेश्वर गाउँपालिकाका खोरिया, भूचक्रपुर र राजसखुवासम्मका किसानका ओल र मसला उत्पादन किन्ने गरेको छ । संस्थाले तरकारी, अचार बनाइने ओल र मसला जातिका अदुवा, बेसार र खुर्सानी किन्न थालेपछि भङ्गाहा, बर्दिबास, प्रेमनगर, बटेश्वरलगायत स्थानका किसानलाई बजारको चिन्ता हटेको छ । ‘अघिअघि ओल, अदुवा बेच्न टाढाटाढाको बजार गइन्थ्यो । अहिले गढीमाई सहकारीले किन्न थालेपछि धेरै सजिलो भएको छ,’ प्रेमनगरका ओल किसान सुफल महतोले भने ।    ‘हर्दी (बेसार), खुर्सानी र अदुवा हाम्रो यताका मुख्य मसला खेती हुन् । यी सबै संस्थाले किन्छ,’  पशुपतिनगरकी पारोवती महतोले भने, ‘संस्थाले किन्न थालेपछि ढुक्क भएका छौं । आम्दानी पनि प्रशस्त हुन थालेको छ । रकम एकमुष्ट पाइने भएपछि गरगहना जोरजाम र अन्य महत्त्वपूर्ण गर्जो टार्न पाइएको छ ।’ संस्थाले बीउ वृद्धि र बाहिरी बजारको आपूर्ति गर्न थालेपछि स्थानीय उत्पादन किन्न थालेको जनाएको छ । अहिले दैनिकजसो नै ओल र मसला तौलाउन किसान आउने गरेका संस्थाका अध्यक्ष सत्यनारायण यादवले बताए । उनका अनुसार गत असोजयतादेखि संस्थाले करीब रु १० लाखभन्दा बढीको उक्त उत्पादन किनेर मुलुकका विभिन्न स्थानमा पठाएको छ । यहाँको ओल बीउका लागि सूदुरपश्चिमको डडेलधुरासम्म पुर्‍याइएको अध्यक्ष यादवले जानकारी दिए । ‘अहिले अन्य जिल्लाका कृषि सहकारीले ओल, बेसार र अदुवा माग्ने गरेका छन्,’ उनले भने, ‘यस वर्ष हालसम्म पूर्वको कोशी र पश्चिमको कञ्चनपुर, कैलाली र डडेलधुरासम्म दुई सय क्विन्टलभन्दा बढी ओल पठाएका छौं ।’  संस्थाको आफ्नै कार्यालय भवन र सुरक्षित भण्डार कक्ष भएकाले किनिएका सामग्री सुरक्षित भण्डारण गरेर मागअनुसार अन्यत्र पठाइने गरिएको यादवको भनाइ थियो ।  गढीमाई कृषि सहकारी संस्थाले स्थानीय उत्पादन किन्न थालेपछि उत्पादनमा पनि वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्र, महोत्तरीले जनाएको छ । महोत्तरीका भङ्गाहा, बर्दिबास र गौशाला नगरक्षेत्र ओल र मसलाखेतीको उर्वर क्षेत्र मानिन्छ । रासस  

सम्बन्धित सामग्री

कृषि उत्पादन बढाउन सकेमा देशको अर्थतन्त्र बलियो हुन्छ : कृषिमन्त्री भुसाल

काठमाडौं, ३० असार । कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादनलाई बढाएर निर्यात गर्न सकेमा देशको अर्थतन्त्र बलियो बन्ने बताएका छन्। नेपालमा उत्पादित पशुआहार पहिलो पटक चीन निर्यात गर्न शनिबार आयोजित कार्यक्रममा उनले कृषि उत्पादन बढाएर बढाएर निर्यात गर्न सकेमा देशको अर्थतन्त्र बलियो बन्ने बताएका हुन्। उनले भने, “कृषि उत्पादन बढाउन सकेमा देशको […]

डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु

सर्लाही । सर्लाहीको हरिवनमा मंगलबारबाट डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको छ । ‘कृषि यान्त्रिकरणको वृद्धि, दुग्धजन्य एवम् कृषि उत्पादनमा नविन्तम प्रविधि’ भन्ने मूल नाराका साथ हरिवन नगरपालिका र प्रदेश दुग्ध विकास बोर्ड मधेश प्रदेशको संयुक्त आयोजनामा हरिवनमा प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री […]

कृषि मन्त्रीको पहिलो निर्णय– 'कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक' घोषणा

काठमाण्डाै – सरकारले कृषि उत्पादन बढाउन 'कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक' घोषणा गर्ने भएको छ । नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आज मङ्गलवार मन्त्रालयमा पदबहाली गरेपछि 'कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक' घोषणा गर्नेसम्बन्धी निर्णय गर्नुभएको हो ।    कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले याे कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । कृषि लगानी दशक आर्थिक वर्ष २०८०/०८१ देखि २०८९/९० सम्म सञ्चालन हुनेछ । यस्तै मन्त्री...

कृषि उत्पादन तथा नियन्त्रण प्रणाली कार्यान्वयनमा

काठमाडौँ,२७ मँसिर । मेलम्ची नगरपालिकाले कृषि उत्पादन तथा नियन्त्रण प्रणाली सोमबारबाट कार्यान्वयनमा ल्याएको छ । किसान अनुदान कार्यक्रमलाई व्यवस्थित , कृषकको वर्गीकरण एवं कृषक परिचयपत्र वितरण र कृषिसँग सम्बन्धित तत्थ्याङ्कलाई अद्यावधिक गर्ने ध्येयले सो प्रणाली सञ्चालनमा ल्याइएको कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिए । अब सो शाखाअन्तर्गत हुने विभिन्न कार्यक्रम तथा विवरणको अनलाइन माध्यमबाट […]

कृषि उत्पादन बढाउन १० अर्ब

कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा सरकारले कृषि उत्पादन बढाउन स्थानीय र प्रदेश तहमा करिब १० अर्ब रूपैयाँ पठाउने तयारी गरेको छ।...

कृषि उत्पादन कसरी बढाउन सकिन्छ ?

नेपालमा कृषि उत्पादन बढेन, खेतबारी बाँझो भयो, जनशक्ति विदेश हान्निए भनेर चर्चा भए पनि कारण खोजी गरिंदैन । कारण हो- जसले नीति बनाउँछन् तिनले यो समस्या बुझेकै छैनन् अनि जसले समस्या भोगिरहेका छन् तिनीहरूको नीति बनाउने ठाउँसम्म पहुँच छैन ।

कृषि उत्पादन बढाउन प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय संयन्त्र बनाइने

सरकारले कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत रहेको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने भएको छ।...

कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन

काठमाडौँ । सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सङ्घ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । […]

कृषि उत्पादन बढाउन प्रधानमन्त्री र विभागीय मन्त्रीसहितको संयन्त्र बन्ने

१५ जेठ, काठमाडौं । सरकारले कृषि उत्पादन बढाउन प्रधानमन्त्री र विभागीय मन्त्रीसहितको संयन्त्र बनाउने भएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । कृषि उत्पादन बढाइने, बाँझो जमिन प्रयोग गर्ने, प्रत्येक स्थानीय तहमा कृषि स्नातक कर्मचारीको व्यवस्था गर्ने, प्रत्येक स्थानीय तहमा ३०० जना कृषि […]

कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन

सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । साथै उनले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि जानकारी दिए ।