सर्लाहीको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा वर्षौँदेखि अनधिकृतरूपमा बसेको बस्तीलाई हटाइएको छ । सर्लाहीस्थित १० नं सशस्त्र प्रहरी बल र भारततर्फका सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त प्रयासबाट अतिक्रमित क्षेत्र खाली गराइएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गोडैता नगरपालिका–१२ मधुवनी बस्तीमा अवस्थित दशगजा क्षेत्रमा नेपाल र भारत दुवैतर्फका नागरिकले अतिक्रमण गरी निर्माण गरिएको घर, पसल तथा पशुगोठजस्ता …