मनाङ बाढीपहिरो प्रतिवेदन : तत्काल बाटो नखुले खाद्यसंकट, दर्जन पुल फेरि बनाउनुपर्ने

२५ साउन, पोखरा । मनसुनको सुरुआतमै आएको बाढी, पहिरोले मनाङका विभिन्न सडक सञ्जालमा गम्भीर क्षति पुर्‍याएको छ । उपल्लो तथा तल्लो मनाङ जोड्नेमात्रै नभई अन्य जिल्लासँग जोड्ने बाटो र पुलसमेत बाढीले बगाइदिएपछि हिमाली जिल्ला मनाङ सडक सम्पर्कबाट विच्छेद भएको छ । मनाङ जिल्लाकै ‘लाइफ लाइन’का रुपमा हेरिएको लमजुङ बेंशीसहर-चामे जोड्ने मुख्य सडक तथा सदरमुकाम चामेदेखि […]

सम्बन्धित सामग्री

सार्वजनिक लेखा समितिको प्रतिवेदन पारित

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २१ औं वार्षिक प्रतिवेदन २०७८ (मस्यौदा) पारित गरेको छ ।सिंहदरबारमा बसेको समितिको बैठकले २१औं वार्षिक प्रतिवेदन २०७८ (मस्यौदा) समितिबाट पारित गरेको हो । शुक्रबार समितिको बैठकपछि बोल्दै समितिका सचिव डा. रोजनाथ पाण्डेले समितिले गरेका काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको जानकारी दिए ।उनले […]

राष्ट्रपतिसमक्ष अख्तियारले बुझायो प्रतिवेदन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार आर्थिक वर्ष २०७७-०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ।राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका हुन्।संवैधानिक निकायहरूले वर्षभरको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने कानुनी व्‍यवस्था छ।

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं, असोज १४ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मधेसी आयोग र मुस्लिम आयोगले अलग अलग रूपमा आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्त र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बुुधबार राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्। नेपालको संविधानको धारा २९४ ले संवैधानिक आयोगले कार्य विवरणसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष वार्षिक रूपमा पेस […]

एमालेको बैठकमा तीन प्रतिवेदन पेश

काठमाडौँ– नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने बिभिन्न तीनवटा प्रतिवेदन प्रस्तुत गरिएको छ । ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रतिवेदन पेश भएको हो । यसअघि तीनवटै प्रतिवेदन सुझाव समिति स्थायी कमिटी बाट पारित गरिएको थियो । प्रतिवेदनमाथि छलफल गर्न १० वटा टोली बनाइएको […]

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ । भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  त्यसैगरी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आजै नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

प्रतिनिधिसभामा प्रतिवेदन पेश

प्रतिनिधिसभामा ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आव २०७६/०७७’ पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद अकबरबहादुर सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते मङ्गलबार दिउँसो १ बजे

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

प्रतिनिधिसभामा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ पेश गरिएको छ ।    प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आयोगको वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरेका हुन् । सरकारले संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।प्रतिनिधिसभाको अर्काे बैठक यही साउन १५ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।

सदनमा दुई प्रतिवेदन पेश

प्रतिनिधिसभामा ‘महालेखा परीक्षकको ५७ औँ वार्षिक प्रतिवेदन २०७७’ सभा समक्ष पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सदन समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।राज्यव्यवस्था तथा  सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७८’ पनि सदनमा पेश गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १२ गते मङ्गलबार दिनको १ः ०० बजे बस्नेछ ।

राष्ट्रिय सभामा दुई प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रिय सभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/०७७’सभामा पेस गरेका छन् । यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन,२०७७/०७८ पेस गरेका छन् । अर्को बैठक सोमबार […]