राप्रपा परित्याग गरेका कमल थापाले अब सक्रिय राजतन्त्रको एजेन्डा बोकेर हिँड्न नसक्ने घोषणा गरेका छन् । मंगलबार गृह नगर हेटौंडा आएर थापाले आफू निकटसँग अन्तक्रिया गर्दै भने,‘गत निर्वाचनमा प्रतिद्वन्द्वीहरुले भन्ने गरेका थिए । कमल दाई एकदम ठीक छ । तर, सिनो बोकेर आउनुभएको छ । कसरी मतदान गर्ने ? अब हामी सक्रिय राजतन्त्र बोकेर हिँड्न सक्दैनौं ।’