भारतमा कोरोना : २४ घण्टामा २० हजार नयाँ सङ्क्रमित भेटिए

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ सङ्क्रमित भएका हुन् ।संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ ।  ती मध्ये एक लाख ४३ हजार ३८४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्कमा देखिएको छ ।पछिल्लो समय भारतमा दैनिक नयाँ सङ्क्रमितहरुको  सङ्ख्या र सक्रिय सङ्क्रमितहरुको सङ्ख्या

सम्बन्धित सामग्री

पाकिस्तानमा थप ५ सय ९२ जना कोभिड–१९ का नयाँ सङ्क्रमित भेटिए

काठमाडौँ- पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँचसय ९२ कोभिड–१९ का थप सङ्क्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज भएको वृद्धिसँगै कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार सात सय ९५ पुगेको छ । पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चारसय ५२ जनाको मृत्यु भएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको हो […]

थप १५ जना कोरोना सङ्क्रमित भेटिए

देशभर पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार २११ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ८६ जनाले पिसीआर र एक हजार १२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा १३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । …

भारतमा लगातार बढ्दै कोरोना, थप ५४ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३९ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै ५४ बिरामीको मृत्यु भएको छ । देशमा कोरोना सङ्क्रमितको सङ्ख्यामा केही कमी आउँदै सोमबार दुई हजार ५६८ नयाँ सङ्क्रमित भेटिए पनि मंगलबार पुनः कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ ।कोरोना संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । हाल देशमा १८ हजार ३१७ संक्रमितको उपचार भइरहेको छ । सोमबार देशमा १३ हजार १३७ सक्रिय कोरोना संक्रमित रहेका छन् । योसँगै देशको सङ्क्रमण दर १.२२ प्रतिशत पुगेको छ । दिल्

दिल्लीमा बुधबार ६७ जना मात्रै कोरोना सङ्क्रमित भेटिए

भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा एक दिनमा ६७ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् ।  लामो समय कोरोनाभाइरसको महामारीबाट अति प्रभावित सहर नयाँ दिल्लीमा अहिले दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या अत्यन्त न्यून देखिएको हो ।  दिल्ली स्वास्थ्य विभागले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नयाँ दिल्लीमा कोरोनाभाइरसका कारण थप तीन जनाको मृत्यु भएको छ । नयाँ दिल्लीमा कोरोनाभाइरसबाट अहिलेसम्म १४ लाख ३६ हजार ९३ जना सङ्क्रमित भएका छन् । तीमध्ये ५७३ जना अहिले पनि सङ्क्रमित अवस्थामै र

भारतमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिए

काठमाडौं, चैत २९ । छिमेकी मुलुक भारतमा एकै दिन अहिलेसम्मकै धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार छ सय ८२ जनामा सङ्क्रमण देखिएको हो । एकै दिन यति धेरै जनामा सङ्क्रमण पुष्टि भएको यो नै पहिलो हो । भारतमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ३३ […]