विश्वकर्मा बाबाको मूर्ति विसर्जन (तस्बिरहरु)

काठमाडौँ- शुक्रबार देशभर धुमधामका साथ विश्वकर्मा पूजा गरिएको थियो। पूजा सकिएपछि शनिबार विधिवत् रुपमा विश्वकर्मा बाबाको मूर्ति विसर्जन गरिएको छ। काठमाडौँको चोभारमा कलीगढहरुले विश्‍वकर्मा बाबाको मूर्ति विसर्जन गरेका हुन्। उनीहरुले विश्‍वकर्मा बाबाको माटोको मूर्तिलाई बोकेर चोभारको नदी किनारमा विधिवत् पूजाअर्चना गरी सेलाएका हुन्। विश्‍वकर्मा बाबा की जय भन्दै कालीगढहरु चोभार पुगेका थिए। प्राचीन भारत वर्षका […]

सम्बन्धित सामग्री

चोभारमा विश्वकर्माको मूर्ति विसर्जन (तस्वीरहरू)

२ असोज, काठमाडौं । आश्विन संक्रान्ति मंगलबारका दिन विश्वकर्मा पूजा गरी बुधबार (आज) विसर्जन गरिएको छ । कलकारखानामा माटोबाट बनाइएका विश्वकर्मा बाबाको मूर्तिलाई काठमाडौंको चोभारमा विसर्जन गरिएको हो । साथै केहीले काठमाडौंमा बागमतीलगायत नदीहरुमा विश्वकर्माको मूर्ति विसर्जन …

विश्वकर्माको मूर्ति विसर्जन (तस्बिरहरु)

काठमाडौँ  – विश्वकर्मा पूर्जा सकिएसँगै मंगलबार विश्वकर्मा बाबाको मूर्ति विसर्जन गरिएको छ। सोमबार देशभर धुमधामका साथ विश्वकर्मा पूजा गरिएको थिए। आज काठमाडौँको चोभारस्थित बागमती नदीको किनारमा कलीगढहरुले विश्‍वकर्मा बाबाको मूर्ति विसर्जन गरेका हुन्। उनीहरुले विश्‍वकर्मा बाबाको माटोको मूर्तिलाई बोकेर चोभारको नदी किनारमा विधिवत् पूजाअर्चना गरी सेलाएका हुन्। प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम […]

विश्वकर्माको मूर्ति विसर्जन (तस्बिरहरू)

काठमाडौं । विश्वकर्माको मूर्तिलाई चोभारको जलविनायकस्थित वाग्मती नदीमा विसर्जन गरिएको छ । शनिबार (हिजो) आफूले काम गर्ने औजार, मेसिन, सवारीसाधनलाई पूजा गरी विश्वकर्मा पूजा मनाएका थिए । आज दिन पूजा गरिएको मूर्तिलाई नदी तथा खोलामा लगेर विसर्जन गरिएको हो ।  विश्वकर्मा पूजाको दिन ब्रह्माका पुत्र, विश्वका प्रमुख वास्तुकार भगवान विश्वकर्माको जन्मोत्सव पर्छ । विश्वकर्माले देवताहरूका लागि हतियारहरूको बनाएको...

चोभारस्थित बागमती नदीमा विश्वकर्माको मूर्ति विसर्जन (फोटो फिचर)

विश्वकर्मा पूजाको भोलिपल्ट आज चोभारको बागमती नदीमा मूर्ति विसर्जन गरिएको छ। विश्वकर्मा पूजाको दिन शनिबार विभिन्न मेसिन, उद्योग, कलकारखानालाई विश्वकर्माको प्रतिकका रूपमा पूजा गरिएको थियो । सो दिन विश्वकर्माको मूर्ति बनाएर पूजा गर्ने चलन समेत रहेको छ । पूजाका दिन मूर्ति घरमै राख्ने र भोलिपल्ट खोला नदीमा विसर्जन गर्ने चलन छ । सोही चलनअनुसार चोभारस्थित बागमती नदीमा मूर्ति विसर्जन गरिएको हो। नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने परम्परा रहेको छ ।

यसरी गरियो विश्वकर्माको मूर्ति विसर्जन (फोटोफिचर)

शनिबार विश्वकर्मा पूजा सम्पन्न भएको छ।  विश्वकर्माको मूर्तिलाई नदीमा विसर्जन गरेर यो पर्वको समापन गर्ने चलन छ ।  यही सिलसिलामा शनिबार जलविनायक मन्दिर चोभार र गुहेश्वरीमा विश्वकर्माको मूर्ति विसर्जन गरिएका तस्बिरहरुलाई हामीले यहाँ समावेश गरेका छौ ।

चोभारमा यसरी गरियो विश्वकर्माको मूर्ति विसर्जन (फोटोफिचर)

विश्वकर्मा पूजा आजबाट सम्पन्न भएको छ। विश्वकर्माको प्रतिकका रुपमा शुक्रबार विभिन्न मेसिन तथा उद्योग कलकारखानाको पूजा गरिएको थियो। विश्वकर्मा पूजाको भोलिपल्ट विश्वकर्माको मूर्तिलाई नदीमा विसर्जन गरेर पर्व सम्पन्न गर्ने चलन...

मूर्ति विसर्जनको विषयमा विवाद भएपछि सर्लाहीको मलङ्गवामा कर्फ्यु

सर्लाहीको सदरमुकाम मलङ्गवामा कर्फ्यु आदेश जारी भएको छ । हिजो विश्वकर्मा पूजा पछि मूर्ति विसर्जन गर्ने क्रममा दुई पक्षबीच विवाद भएपछि आज संभावित घटनालाई रोक्न कर्फ्यु लगाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । हिजो सामान्य झडप भए पनि आज बिहानैबाट दुई पक्षबीच तनाव सृजना भ...

दुई पक्षबीच झडप भए पछि मलङ्गवामा कर्फ्यु आदेश

सर्लाही सदरमुकाम मलङ्गवामा शनिवार दिउँसो १ः३० बजेदेखि कफ्र्यु लगाइएको छ । विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्न नजिकैको पोखरीमा लाने क्रममा सुक्रवार साँझ मलङ्गवा नगरपालिका–३, विश्वकर्मा चौकमा दुई पक्षबीच दोहोरो झडप भएको थियो । झडपमा दुवै पक्षका केही मानिस घाईते भएका थिए ।